बैतडीमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ

पाँजलो न्युज
१४ वैशाख २०८० ३:३६
बैतडीमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ

बैतडीमा अपाङ्गता भएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ परेका छन् । पाटन नगरपालिकाका ती वृद्धले गत पुषमा नै अपाङ्गता भएकी बालिकामाथी बलात्कार गरिएको बताइएको छ ।
आरोपित वृद्धलाई मंगलबार नै पक्राउ गरि अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरिक्षक कमल प्रशाद चौधरीले जानकारी दिए । अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान अघि बढाएको प्रहरी निरिक्षक चौधरीले बताए ।
‘गत पुषमा नै बलात्कार भएको भनेर उजुरी आएको छ, त्यसपछि हामिले आरोपितलाई पक्राउ गरेका छौँ, अनुसन्धान भइरहेको छ, आरोपित र पिडित आफन्तनै भएकाले परिचय गोप्य राखेका छौँ,’ प्रहरी निरिक्षक चौधरीले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *