स्याउला ल्याउन जंगल गएकी डोटीको एक महिला मृत

पाँजलो न्युज
१३ वैशाख २०८० ३:१८
स्याउला ल्याउन जंगल गएकी डोटीको एक महिला मृत

डोटीः स्याउला ल्याउन जंगल गएकी डोटीको एक महिला मृत फेला परेकी छिन्। मंगलबार जिल्लाको जोरायल गाउँपालिका–१ तुसे बस्ने २१ वर्षीया अनिता मल्ल मृत फेला परेकी हुन्। बिहान नजिकैको जंगलमा स्याउला ल्याउन गएकी उनी घर नफर्कीएपछि परिवारले खोजी कार्य गरेको थियो।खोज्ने क्रममा उनी घरदेखि करिब २ किलोमीटर टाढा भिरबाट लडेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ। उनको शव परिक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको इलाका प्रहरी कार्यलय बिपीनगरका प्रहरी निरीक्षक लोकेन्द्र गुरुले जानकारी दिए। महिला गर्भवती रहेको खुलेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *