डोटी ।सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले डोटीमा आयोजना गर्न लागेको १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
जिल्ला खेलकुद बिकास समितिले आईतबार सिलगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।
दुई दिन संचालन हुने भलिबल प्रतियोगिातमा सुदूरपश्चिम प्रदेश अन्तर्गतका प्रत्येक जिल्लाबाट महिला र पुरूष गरि २।२ वटा टिमको सहभागीता रहने जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष प्रकाश बहादुर शाहीले बताए ।
भोली हुने प्रतियोगिताका लागि अन्य जिल्लाबाट आउने टिमहरुलाई खान, बस्न, प्रशिक्षकहरुको ब्यवस्थापन लगाएतका सम्पूर्ण तयारी पुरा भईसकेको समेत अध्यक्ष शाहीले बताए ।
जिल्लामा हुने गरेका विभिन्न खेलकुदका कार्यक्रमलाई प्रचारप्रसार गर्नका लागि पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको पूर्व जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष तथा दिपायल सिलगढी नगरपालिका वडा न ६ का वडा अध्यक्ष नरेश मलासीले बताए ।
समय अभाव र ब्यवस्थापनमा सहजता होस भन्ने हेतुले १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगतका विभिन्न खेलहरु सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा संचालन भईरहेको सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य चित्र भट्टले बताए । प्रतियोगितामा १८ वर्ष भन्दा मुनीका बालबालिकाहरुको मात्र सहभागिता रहने समेत परिषद सदस्य भट्टले बताए ।
भोली देखि विभिन्न जिल्लामाहरुमा हुन गईरहेका प्रतियोगिता अन्तरगत डोटीमा भलिबल, कंचनपुरमा कपर्दि, कैलालीमा उस्सु एथलेक्टीस, डडेलघुरामा तेक्वान्दो र अछाममा कराते प्रतियोगिताको आयोजना गरिने सुदुरपश्चिम खेलकुद परिषदले जनाएको छ ।
पत्रकार सम्मेलनमा जिल्ला खेलकुद बिकास समितिका पदाधीकारी, प्रदेश खेलकुद परिषदका सदस्य, दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष, जिल्ला भलिबल संघका पदाधीकारी, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।
डोटीमा संचालन हुने १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भोली बिहान ८ बजे सिलगढी स्थित टुडीखेलमा उद्घाटन गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ । सुदूरपश्मि प्रदेशका अन्य जिल्लाबाट सहभागि हुने टिम आज डोटी आईपुगेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया