डोटीमा नेबिसंघ द्धारा रक्तदान तथा सरसरफाई कार्यक्रम

गणेश मौनी
६ वैशाख २०८० ६:५९
डोटीमा नेबिसंघ द्धारा रक्तदान तथा सरसरफाई कार्यक्रम

 डोटी ।नेपाल बिद्यार्थी संघ डोटीले ५४ औ स्थापना दिवसको अवसरमा डोटीमा रक्तदान तथा शैलेश्वरी मन्दिर परिसरमा सरसफाई कार्यक्रम गरेको छ ।
स्थापना दिवसको अवसरमा शैलेश्वरी मन्दिर प्रांगणमा एक कार्यक्रमका बिच रक्तदान तथा मन्दिर परिसर सरसरफाई कार्यक्रम गरि दिवसलाई मनाईएको नेपाल बिद्यार्थी संघ डोटीका अध्यक्ष दिपेन्द्र बहादुर सिंहले बताउनु भयो ।
औपचारीक कार्यक्रमको अध्यक्ष समेत रहेका सिंहले नेपाल बिद्यार्थी संघले जिल्लामा हुने गरेका विभिन्न बेथितीको सवालमा आवाज उठाउनुका साथै सामाजिक कार्यहरुमा समेत सहयोग गर्दै आईरहेको बताए ।
देशमा हुने गरेका हरेक बेथितीको बिरुद्ध शसक्त रुपमा आवाज उठाउने एक मात्र बलियो संगठन नेपाल बिद्यार्थि संघ रहेको नेपाल बिद्याथी संघका पुर्ब अध्यक्ष एवं नेपाली कांग्रेस डोटीका महाघीबेशन प्रतिनिधी कार्यक्रमका विशिष्ठ अथिती राम प्रसाद उपाध्यायले बताउनु भयो । युवाहरुको लामो प्रयास र संर्घषका बिचमा नेबिसंघको संगठनलाई यहाँ सम्म जोगाउन सफल भएका समेत बताउनु भयो ।
नेपाल बिद्यार्थि संघले कसैले नगरेका उदाहरणीय कार्य गर्न आवश्यक रहेको नेपाली कांग्रेस डोटीका कार्यबाहक सभापती एवं कार्यक्रमका प्रमुख अथिती बाजी सिंह खड्काले बताउनु भयो । उनले भने नेपाल बिद्यार्थि संघले जहिले पनि युवा वर्गका सवाल तथा समस्याहरु के छन तिनिहरुलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने तिर ध्यान दिन आवश्यक रहनुका साथै पार्टिले गरेका राम्रा कामको सिको र कमीकमजोरीहरुलाई सुधार गर्न खबरदारी गर्नुपर्ने समेत बताउनु भयो ।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नेबिसंघले शैलेश्वरी मन्दिर परिसरको सरसफाई गरेका थिए । त्यस्तै ५ जनाले रक्तदान गर्नुका साथै १५ जनाले रत्तसमुह ३८ जनाले स्वास्थ्य परिक्षण गरेको समेत आयोजकले जनाएको छ । जिल्लामा ब्लड अभाव नभएका कारण रक्तदान गर्न चाहानेहरुले समेत रक्तदान गर्न पाएनन् । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोर्साईटी डोटी शाखाले सहयोग गरेको थियो ।
दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता, कार्यकर्ता, नेपाल बिद्यार्थी संघ संग आबद्ध पदाधीकारी, पत्रकार, नागरिक समाज, स्थानीय लगाएतको सहभागीता रहेको थियो । कार्यक्रम बिहान ८ बजे देखि सुरु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *