जन्मदिनको अवसरका बृद्धाआश्रममा खाद्यान्न सहयोग

गणेश मौनी
५ वैशाख २०८० १६:५६
जन्मदिनको अवसरका बृद्धाआश्रममा खाद्यान्न सहयोग

 डोटी ।करदाता सेवा कार्यालय डोटीका कार्यालय प्रमुख बिनोद महताले आफ्नो जन्मदीनको अवसरमा मंगलबार बृद्धाआश्रममा गएर खाद्यान्न सहयोग गरेका छन् ।
कार्यालय प्रमुख महताले डोटी जिल्ला सदरमुकाम सिलगढीमा रहेको बृद्धाआश्रममा गएर चामल, दाल, तेल, फलफुल, पीठो लगाएतका खाद्यान्न सामाग्री सहयोग गरेको पुज्य धर्मान्तक बृद्धा आश्रम सिलगढीका अध्यक्ष दिनेश रोकायाले बताए ।
२०७५ सालमा स्थापना भएको बृद्धाआश्रममा सुरुसुरुमा करिब एक दर्जन बराबर बृद्धबृद्धाहरुको संख्या रहेपनी केहीको मृत्यु र केही घरतिर फर्के पश्चात हाल २ जना बृद्धाहरु रहेका छन् । उनिहरुको पालन पोषण औषधी उपचार सम्पूर्ण ब्यवस्थापन बृद्धाआश्रमले गरिरहेको जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *