बाजुरामा ३ दशमलव ६ म्याग्नेच्युडको भूकम्प,सक्तिसाली भुकम्पको जोखिम

पाँजलो न्युज
५ वैशाख २०८० ८:२९
बाजुरामा ३ दशमलव ६ म्याग्नेच्युडको भूकम्प,सक्तिसाली भुकम्पको जोखिम

बाजुरा~ बाजुराको बडिमालिकामा केन्द्रबिन्दु बनाएर सोमबार दिउसो ४ बजेर १ मिनेटमा भूकम्प गएको छ। नगरपालिकाको जुगाडा केन्द्रबिन्दु बनाएर ३ दशमलव ६ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। गत माघ १० गतेपछि बाजुरामा पटक–पटक भूकम्प गइरहेको छ।

१५ वटा भूकम्पमध्ये ११ सुदूरपश्चिम प्रदेशका विभिन्न मागमा र चार कर्णाली प्रदेशका विभिन्न मागमा रहेका छन्। चार रेक्टर स्केलका एक हजारभन्दा धेरै पराकम गएको भूकम्प मापन केन्द्रले जनाएको छ। कार्तिक महिनामा डोटी जिल्लामा स्थानीय म्याग्निट्यूड ६ दशमलव ६ को शक्तिशाली भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो। अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसका अनुसार उक्त भूकम्प जमिनको सतहभन्दा २७ दशमलव ३ किलोमिटर तल उत्पत्ति भएको हो।

गत कात्तिक महिनामा डोटी जिल्लामा लोकल म्याग्निट्यूड ६ दशमलव ६ को भूकम्प गएको थियो। उक्त भूकम्पका कारण धनजनको पनि क्षति भयो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुख मोनिका झाले डोटीमा भूकम्प गएपछि धेरै परकम्पहरू मापन गरिएको बताएकी थिइन्। तर उनका अनुसार बाजुराको भूकम्प ‘परकम्प नभई छुट्टै भूकम्प’ थियो। पश्चिम नेपालमा ५ सय वर्षभन्दा बढी समयदेखि महाभूकम्प नगएकाले यहाँको भूगर्भमा धेरै ऊर्जा सञ्चित भएर बसेको भूगर्भविद्हरू बताउँछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *