डोटी–सायल गाउपालिकाका २ जना समाजसेवीले वडा न २ पयतोला टोलका ४५ जना टुहुरा, असहाय, गरिब तथा दलित परिवारका बालवालिकालाइ शैक्षिक सामाग्री हस्तान्तरण गरेका छन् । स्थानीय समाजसेवी मिलन बोहरा र गोपाल भुलले संयुक्तरूपमा प्रति बालक एक झोला , कपि र कलम सायल गापा २ स्थित खर्स्याडी वाल विधालयमा एक औपचारिक कार्यक्रमका विच बितरण गरेका हुन् । आगामी दिनमा पनि यसैगरी विपन्न बालबालिकाहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्ने प्रतिवद्धता समासेवी बोहराले बताए । उनले आफ्नो व्यक्तिगत खर्च कटौती गरेर शैक्षीक सामाग्री हस्तान्तरण गरेको बताएका छन् ।
प्रतिक्रिया