डोटी ।डोटीको शिखर नगरपालिकाले दलित तथा अपांग महिलाहरुका सवाल एवं भावी योजनाका विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
न्यायका लागि संचार नेपालको सहजिकरणमा शिखर नगरपालिकाले सोमबार अन्तरक्रिया कार्यक्रम नगरपालिकाको सभाहलमा सम्पन्न गरेको हो ।
नगरपालिकाले संचालन गर्ने हरेक कार्यक्रममा लक्षित बर्ग, महिलाहरुलाई विशेष प्राथमीकता दिने गरेको शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बहादुर बलायरले बताएका थिए । कार्यक्रमका प्रमुख अथिती समेत रहेका नगर प्रमुख बलायरले सबै बर्गको आवश्यकतालाई ध्यानमा राखी योजनाहरु निमार्ण गरिने समेत बताए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने नगरपालिका तपाईहरुकै हो तपाईहरुका केही समस्याहरु छन भने साझा रुपमा आउनुहोस छलफल गरौ, हामीहरुलाई पनि सुझाब सल्लाहा दिनुहोस ।
नगरपालिकाले महिलाहरुलाई लक्षित गरि विभिन्न सिपमुलक तालिमहरु संचालन गरेको शिखर नगरपालिकाकाी उप प्रमुख सुनिता रावलले बताईन् । कार्यक्रमकी अध्यक्षता समेत गरेकी उप प्रमुख रावलले नगरपालिका अन्तरगत रहेका सबै दिदी बहीनीलाई समान रुपमा ब्यवहार र कार्यक्रम बितरण गरिने समेत बताईन् । उनले भनिन् म बाट कसैलाई पनि यो दलित, जनताती, बाहुन, क्षेत्र, अपांगता भएको भनेर विभेद हुदैन आवश्यकताका आधारमा कार्यक्रम तय गरि सबैले अनुभुती हुने किसीमले काम गर्नेछु ।
अन्तरक्रिया कार्यक्रममा बोल्ने महिलाहरुले हलियाहरुको बास्तबीक तथ्यांक संकलन भई बास्तबीक हलियाहरुले मात्र राहात पाउनुपर्ने, दलित र गैरदलित बिचको विभेद अन्त्य हुनुपर्ने, घरेलु हिंसा अन्त्य हुनुपर्ने, लैगिंक विभेद अन्त्य हुनुपर्ने, अपांगता भएका हरुका लागि उनिहरुको क्षमता र शारिरीक अवस्थाले भ्याउने खालका कार्यक्रमहरु संचालन गर्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा सहभागि महिलाहरुले आफ्ना सवालहरु र भाबी योजनाको बारेमा समेत छलफल गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा शिखरनगरपालिका अन्तरगत सबै वडाका दलित तथा अपांगता भएका महिलाहरु, कर्मचारी, पत्रकार लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण पत्रकार गणेश मौनीले गरेका थिए ।
प्रतिक्रिया