क्षयरोगकाे लक्षण तथा चिन्ह सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

सरिता कठायत
२७ चैत २०७९ १३:४२
क्षयरोगकाे  लक्षण तथा चिन्ह सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

डोटी/ डोटी जिल्लाको बोगटान फुड्सिल गाउँपालिका गगुडा स्वास्थ्य चौकीले क्षयरोगको लक्षण तथा चिन्ह सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । सोमबार गगुडा स्वास्थ्य चौकीको आयोजनामा क्षयरोगको लक्षण तथा चिन्ह सम्बन्धि कार्यक्रममा आर्थिक सहयोग बोगटान फुड्सिल गापा स्वास्थ्य शाखाले गरेको थियो । एक दिने क्षयरोग लक्षण तथा चिन्ह सम्बन्धि अभिमुखीकरण कार्यक्रममा अध्यक्षता बोगटान गापा ६ का वडा अध्यक्ष श्याम बहादुर बोगटीको रहेको थियोे । क्षयरोग अन्त्य गर्नका लागि पालिकामा यो अभियान सञ्चालन गरेको गगुडा स्वास्थ्य चौकीका सि अहेब तथा क्षयरोग फोकल पर्सन शिशिर बोगटीले बताएका छन् । उनले क्षयरोगका लक्षण तथा चिन्ह सम्बन्धि एक दिने अभिमुखीकरणमा महिला स्वास्थ्य स्वयंसेविका,स्थानीय धामीझाँक्री,समाजसेवी तथा स्वास्थ्यकर्मीहरूलाई सो तालिम दिएको बोगटीले जानकारी गराए । उनले कार्यक्रममा १८ जना सहभागीहरूको उपस्थिति रहेको बताएका छन् । त्यसै कार्यक्रममा १४ जना टिबि मुक्त सामुदायिक स्वयंसेवक छनोट गरि समुदायमा रहेका सम्भावित क्षयरोग प्रभावितहरूको खकार संकलन गरि प्रयोगशालामा पठाएको कार्यक्रमका प्रशिक्षक हेम बोगटीले बताए । क्षयरोग प्रभावितहरूको वडामा ५ वर्ष देखि जम्मा क्षयरोगि १२ जना रहेका थिए भने ११ जना उपचार पछि निको भएको र १ जनाको मृत्यु भएको बोगटीले जानकारी गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *