डोटी । जिल्लाका स्थानीयतहका शिक्षा युवा तथा खेलकुद शाखा र सामाजिक बिकास शाखा संगको समन्वयात्मक बैठक आईतबार दिपायलमा सम्पन्न भएको छ ।
सामाजिक बिकास कार्यालय डोटीले आर्थिक बर्ष २०७९।०८० का लागि स्वीकृत बार्षिक योजना तथा कार्यक्रमको कार्यान्वयन सम्बन्धमा छलफल गर्न स्थानीय तहका शिक्षा युवा तथा खेलकुद शाखा र सामाजिक बिकास शाखा संगको समन्वयात्मक बैठकको आयोजना गरेको सामाजिक बिकास कार्यालय डोटीका प्रमुख जयदेब महराले बताएका छन् ।
कार्यक्रममा सामाजिक बिकास कार्यालय मार्फत सम्पादीत कार्यक्रमको बारेमा समिक्षा, कार्यक्रमको प्रभावकारीताको बारेमा छलफल हुनुका साथै नयाँ आर्थिक बर्षको लागि योजना छनोट गर्ने प्रक्रीयाको विषयमा समेत छलफल भएको कार्यालय प्रमुख महराले बताए ।
बैठकमा डोटी जिल्ला स्थित स्थानीय तहका शिक्षा युवा तथा खेलकुद शाखा र महिला बालबालिका शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो । सामाजिक बिकास कार्यालयले डोटी जिल्लामा स्थानीय तहहरुसंगको समन्वयमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।
प्रतिक्रिया