टिकापुरमा बाघको आक्रमणमा परि एक घाईते

पाँजलो न्युज
२४ चैत २०७९ ७:३१
टिकापुरमा बाघको आक्रमणमा परि एक घाईते

धनगढी। टिकापुरमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । शुक्रबार बिहान साढे १० बजे कैलालीको टिकापुर नगरपालिका वडा नम्बर ८ श्रीलंकाका २७ वर्षका पवन आउजिलाई आक्रमण गरेको बताइएको छ ।

घर नजिकैको गहुँ खेतमा गएको बेलामा उनलाई बाघले आक्रमण गरेको स्थानीयले बताएका छन्। घाइते आउजिको दायाँबायाँ हात र बायाँ कानमा चिथोरेको स्थानीयले जानकारी दिएका छन्। बाघले आक्रमण गर्दा होहल्ला भएकोले बाघ जंगल पसेको बताइएको छ।

नेपाल भारत सिमा नजिकैको १००र ९८ पिलर नजिक आक्रमण गरेको बताइएको छ। बाघले मान्छे आक्रमण गरेको जानकारी पछि त्यहाँ स्थित शसस्त्र प्रहरी बलले घाइतेको उपचारका लागि बर्दिया राजापुर पठाएको जानकारी दिएको छ। साथै विओपि श्रिलंकाले वरिपरिको क्षेत्रमा परिचालन भइ स्थानीयलाई सचेत रहनका लागि आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *