कैलालिमा दुई जना मृत फेला

पाँजलो न्युज
२३ चैत २०७९ १०:१०
कैलालिमा दुई जना मृत फेला

धनगढी। कैलालीमा दुई जना मृत अवस्थामा भेटिएका छन्। जिल्लाको गोदावरी नगरपालिका र कैलारी गाउँपालिकामा दुई जना मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले कैलारी गाउपालिका-७ रामपुर बस्ने ३५ वर्षीया लक्ष्मीप्रसाद चौधरी मृत भेटिएको बताए।

उनी आफ्नै घरमा मृत भेटिएको र घटनाबारे अनुसन्धान भइरहेको बताउदै प्रहरी नायब उपरीक्षक चन्दले बताए। यस्तै आज बिहीबार बिहान गोदावरी नगरपालिका-१ बस्ने ५८ वर्षीय छुनु डगौरा थारू पनि आफ्नै घर आगनमा मृत भेटिएका छन्। उनी आँपको रूखमा प्लाष्टिकको डोरीले पासो लगाएको अवस्थामा मृत भेटिएको बताउदै डीएसपी चन्दले थारुको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको जानकारी दिए। थारु मृत भेटिएको घटनाबारे अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *