डोटीमा सात दिने निशुल्क आरन ब्यवसायी तालिम शुरु

गणेश मौनी
२० चैत २०७९ १:२०
डोटीमा सात दिने निशुल्क आरन ब्यवसायी तालिम शुरु

डोटी । डोटीको सिलगढीमा सात दिने निशुल्क आरन ब्यवसाय तालिम सुरु भएको छ ।
सामाजिक बिकास कार्यालय डोटीको आयोजनामा संचालन भएको तालिमको एक कार्यक्रमका बिच आईतबार उद्घाटन गरिएको हो ।
स्थानीय ब्यवसायलाई प्रवद्र्धन गरि उद्यमशिल जनशक्ति तयार गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको सामाजिक बिकास कार्यालय डोटीका प्रमुख जयदेब महराले बताएका छन् । उनले भने सामाजिक बिकास कार्यालयको मुख्य कार्य नै सशक्तिकरण गर्नु हो सोही अनुरुप कार्यालयले आयआर्जन मुलक कार्यलाई जोड दिने गरेको बताए ।
आरन ब्यवसाय तालिमले गरिबी घटाउन सहयोग पुग्नुका साथै स्थानिय कृर्षि औजार प्रवद्र्धनमा सहयोग पुग्ने समेत प्रमुख महराले बताए ।
तालिम पूर्ण प्रयोगात्मक बिधीमा रहने समेत आयोजकले जनाएको छ । तालिम पश्चात आरन ब्यवसायीहरुलाई थप ब्यवसाय गर्न सामाजिक बिकास कार्यालयले प्रत्येक ब्यक्तिलाई बिस हजार सहयोग गर्ने समेत प्रमुख महराले बताएका छन् ।
सात दिन सम्म संचालन हुने तालिममा डोटी जिल्लाका नौ वटा स्थानीय तहबाट २।२ जना आरन व्यवसायी र सामाजिक बिकास कार्यालय तर्फबाट ३ जना गरि २१ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । तालिमको उद्घाटन कार्यक्रममा जिल्ला स्थित सरोकारवाला निकाए, नागरिक समाज, पत्रकारहरुको सहभागिता रहेको थियो ।
आर्थिक बर्ष २०७९।०८० को बार्षिक कार्यक्रम अनुसार तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *