अछाममा घट्टको कुलोको पानीमा डुबेर एक बालकको मृत्यु

पाँजलो न्युज
१८ चैत २०७९ ५:२८
अछाममा घट्टको कुलोको पानीमा डुबेर एक बालकको मृत्यु

अछाम। अछाममा घट्टको कुलोको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ। अछामको साँफेबगर नगरपालिका १२ खप्तडका धिर बहादुर रावलका ५ वर्षीय छोरा इश्वर रावलको उनिसैन आर्दलिगाडमा रहेको घट्टको कुलोमा परेर शुक्रवार मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरिक्षक कैलाश बिष्टले २ बालक सँगै खेल्न घट्टको कुलोमा गएका बेला उनको मृत्यु भएको बताए । घटनाका सम्बन्धमा अनसन्धान भैरहेको उनले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *