सुदूरपश्चिमका केही स्थान मा बर्षा,दिउँसो अन्य प्रदेशमा पनि पर्ने सम्भावना

पाँजलो न्युज
१७ चैत २०७९ ५:३९
सुदूरपश्चिमका केही स्थान मा बर्षा,दिउँसो अन्य प्रदेशमा पनि पर्ने सम्भावना

दिपायल~ आज धेरै ठाउँको मौसम धुम्म छ । सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन्। पश्चिमी वायुसँगै स्थानीय वायु सक्रिय भएकाले देशभरको मौसम बदली भएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिए । उनका अनुसार अहिले सुदूरपश्चिमका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का पानी परिरहेको छ ।

दिउँसो अन्य प्रदेशमा पनि मेघगर्जनसहित पानी पर्ने सम्भावना छ । दिउँसोतिर काठमाण्डौ उपत्यकामा पनि हल्का पानी पर्ने अनुमान गरिएको छ। उहाँका अनुसार आज र भोलिको मौसम यस्तै रहने अनुमान छ भने पर्सिदेखि मौसम खुल्दै जाने सम्भावना छ ।यस्तै, आज राति तराई मधेसका केही क्षेत्रमा हावाहुरी चल्ने अनुमान गरिएको छ । हावाहुरीको गति तीव्र हुने भएकाले सचेत रहन मौसमविद्को आग्रह छ।

यस्तै, एसईईको परीक्षामा सहभागी हुने विद्यार्थी र काम विशेषले घर बाहिर जानेलाई छाता, रेनकोटलगायत ओडो बोक्न पनि सुझाव दिइएको छ। आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने महाशाखाले जनाएको छ। देशका केही स्थानहरुमा मेघ गर्जन रचट्याङ्गरहावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जनर चट्याङ्ग तथा हावा-हुरीबाट हुन सक्ने क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *