डोटी/ डोटी जिल्लामा बास नेपालले भ्रष्टाचार बिरूद्वको शुद्धीकरणका लागि जिल्ला प्रशासन प्रमुखलाई ज्ञापनपत्र पेस गरेको छ । उक्त ज्ञापनपत्रमा लेखिएका सबै कुरा समसामयिक र जनचासोकाे विषय रहेको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनुभयो । संस्थाले यस्ता खाले जन चासोका कार्यक्रमले गर्दा सरकारी होस् वा गैरसरकारीका कर्मचारीहरूले जानेर वा अन्जानमा भैरहेका गल्तीहरू सुधार गर्ने कुरामा सचेत हुने थिए प्रजिअ श्रेष्ठले बताए । बास नेपालले पछिल्लो समयमा भ्रष्टाचार कुचक्रमा फसेर अशुद्ध भइरहेको हुनाले सबै जिल्लामा ज्ञापनपत्र र सांकेतिक धर्ना कार्यक्रमको आयोजना गरेको बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले बताएका छन । मंगलबार जिल्लामा बास नेपाल शाखाका पदाधिकारीहरूले ११बुंदे ज्ञापनपत्रमा जिल्लामा भैरहेका सबै खाले भ्रष्टाचारहरूको नियन्त्रण गर्न,सरकारी साधनहरूको दुरुपयोग रोक्न,नियमित रूपमा सार्वजनिक सुनुवाइ गर्ने व्यवस्था मिलाउन,भ्रष्टाचार बिरूद्वका उजुरीहरूको सुनुवाइ गर्न,सरकारी कार्यालयमा सुचना अधिकारी र गुनासो सुन्ने अधिकारी तोक्ने व्यवस्था मिलाउन,बिना झन्झट आवश्यक सुचना र सेवा सर्बसाधारणलाई उपलब्ध गराउन,असल कार्य गर्ने कर्मचारीहरूलाई प्रोत्साहित र गलत कार्य गर्ने कर्मचारीहरूलाई दण्डित गर्न माग गरिएको थियो ।युवाहरूलाई सशक्तीकरण,बालअधिकार,बाल संरक्षण,लैङ्गकि हिंसा न्यूनीकरण,सामुदायिक विकास सुरक्षा,भ्रष्टाचार,अनियमितता,घुसखोरी,ढिलासुस्ती जस्ता सवालहरूमा सधैं संस्था अगाडि रहने बास नेपाल डोटी शाखाका जिल्ला अध्यक्ष सरिता कठायतले बताए
। उक्त कार्यक्रममा बास नेपाल डोटीका कार्यसमितिहरूको उपस्थिति रहेको थियोे ।
प्रतिक्रिया