बैतडी। बैतडीमा भीरबाट लडेर एक जना युवकको ज्यान गएको छ । बैतडीको पुर्चौंडी नगरपालिका ६ भूमीराज मुडेलीका २३ बर्षीय लोकेन्द्र साउँदको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार राति घर आउने क्रममा साउँद झण्डै ५० मिटर तल खसेका थिए ।भी
रबाट लडेका साउँदको घटनास्थलमै मृत्यु भएको बैतडी प्रहरीले जनाएको छ । मृतक साउँदको घरमा १० महिने छोरा र श्रीमति रहेका छन् ।यद्धपी घटनाका सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया