धनगढी। धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए कलेज)का क्याम्पस प्रमुख योगराज उपाध्यायमाथि भएको अभद्र व्यवहारको भत्सना गरिएको छ। क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरुले अभद्र व्यवहारको घोर निन्दा र भत्र्सना गरेका हुन्। क्याम्पस प्रमुखमाथि भएको उक्त किसीमको व्यवहार प्रति प्राध्यापक तथा कर्मचारीहरु एकजुट भएर लाग्न बताएका छन्।
‘कुनै विषय कसैलाई चित्त नबुझे छलफलका माध्यमबाट समाधान गर्न सकिने लोकतान्त्रिक उपाय हुँदाहुँदै यस खालको गतिविधि हुनु एकदमै निन्दनीय र अशोभनीय कार्य रहेको हाम्रो ठम्याई छ।’उक्त कार्यमा संग्लनहरुलाई तत्काल प्रहरीले पक्राउ गर्दै कारवाही पक्रिया अघि बढाएको थियो। तर पछि क्याम्पस प्रमुख उपाध्यायले नै उनीहरुलाई माफी दिदै छोड्न लगाएका थिए। ‘विद्यार्थीहरु प्रति बुद्धमन देखाउँदै आदारणिय क्याम्पस प्रमुखले क्षमादान गरेर प्रहरीबाट छुटाउँन लगाउनुले उहाँको कद अझै उच्च भएको महसुस गरेका छौं,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।
प्रतिक्रिया