डडेल्धुरा। डडेल्धुरामा जिप दुर्घटना हूँदा ७ जना घाईते भएका छन्। डडेल्धुरा जिल्लाको सदरमुकामस्थीत डेरीगाड देखी दिपायल जाँदै गरेको से १ ज १०५० नम्बरको जिप राई नजिकै शुक्रबार दुर्घटना भएको हो। ७ जना सवार रहेको जिपमा ६ जना सामान्य घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ।
घाईते हुनेमा अमरगढी नगरपालीका १ का ७५ बर्षीय तुलाराम टमटा र अमरगढी नगरपालीका ११ की नन्दा राना रहेका छन्। अन्य सामान्य घाईते भएकाले नाम उल्लेख नगरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ। उनीहरुको डडेल्धुरास्थीत जिल्ला अस्पतालमा उपचार भइरहेको छ। चालकको लापरर्वाही र जिप ब्रेक फेल भएर सडकमै पल्टिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया