३ हजार ९ सय ९१ जना बालबालिकाहरुलाई खुत्रुके

गणेश मौनी
१० चैत २०७९ १५:४८
३ हजार ९ सय ९१ जना बालबालिकाहरुलाई खुत्रुके

डोटी ।डोटीमा ३ हजार ९ सय ९१ जना बालबालिकाहरुलाई खुत्रुके बितरण गरिएको छ ।
समान पहुच बिकास केन्द्र (सिड नेपाल) र वल्र्ड भिजनको साझेदारीमा संचालित बाल संरक्षण तथा बाल स्पोन्सरसीप परियोजना अन्तरगत डोटीको आर्दश गाउँपालिका, पुर्विचौकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिकामा रहेका ३ हजार ९ सय ९१ जना बालबालिकालाई खुत्रुके बितरण गरिएको हो ।
बालबालिकामा बचत गर्ने बानीको बिकास गर्नुका साथै बालबालिकाहरुले आफुले पाएको रकम खुत्रुके मार्फत जम्मा गरि भविश्यमा आफुलाई आवश्यक परेको बेला प्रयोग गर्न सकुन भन्ने उद्देश्यले बालबालिकाहरुलाई खुत्रुके बितरण गरिएको सिड नेपाल द्धारा संचालित बाल संरक्षण तथा बाल स्पोन्सरसीप परियोजना कार्यक्रम संयोजक सुनिल जोशीले बताए ।
बालबालिकाहरुलाई खुत्रुके बितरण गरिनुका साथै अभिभावकहरुलाई बाल बचत, खुत्रुके र टुक्रे बचत, बाल बचतको प्रकृया, खुत्रुके बालबचतको कार्यान्वयन बाल बचतको दिगोपना सम्बन्धी अभिमुखिकरण गरिएको समेत संयोजक जोशीले बताए ।
बालबालिकाहरुलाई खुत्रुकेमा बचत गर्ने बानीको बिकास गराउँदा भविश्यमा आउने आर्थिक संटकलाई सहयोग पुग्ने आर्दश गाउँपालिका वडा नम्बर ४ का वडा सचिब गणेश ओझाले बताए ।
समान पहुच बिकास केन्द्रले बालबालिकारुलाई प्रत्येक्ष रुपमा संलग्न गरि कार्यक्रम गर्दा स्थानिय सरकारलाई पूर्ण रुपमा सहयोग पुगेको दिपायल सिलगढी नगरपािलकाकी नगर उप प्रमुख कलावती महर साउँदले बताईन् । समान पहुच बिकास केन्द्रलाई आवश्यक सहयोग गर्न तयार रहेको समेत नगर उप प्रमुख साउँदले बताईन् ।
समान पहुच बिकास केन्द्र (सिड नेपाल)ले वल्र्ड भिजनको साझेदारीमा संचालित बाल संरक्षण तथा बाल स्पोन्सरसीप परियोजना अन्तरगत डोटीको आर्दश, सायल, पुर्विचौकी गाउँपालिका र दिपायल सिलगढी नगरपािलका अन्तरगत विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *