कैलाली ।आशा लघुबित्त बित्तीय संस्था लिमिटेड अत्तरिया शाखाले २ दिने निशुल्क सीप मुलक तालिम सम्पन्न गरेको छ ।
स्थानीयबासीलाई स्वरोजगार बनाउने उद्देश्यका साथ साबुन र स्याम्पु बनाउने सम्बन्धी दुई दिने निशुल्क तालिमको आयोजना गरेको आशा लघुवित्त वित्तिय संस्था लिमिटेड अत्तरिया कैलालि शाखाका प्रमुख गणेश प्रसाद भट्टले बताएका छन् ।
उनले भने सहभागिले तालिममा सिकेका कुराहरु ब्यवहारमा पूर्ण कार्यान्वय गर्न सके ब्यवसायी बन्न सहज हुने समेत बताए ।
संस्थाले आयोजना गरेको तालिम धेरै प्रभावकारी रहेको तालिमका सहभागिहरुले बताएका छन् । साबुन र स्याम्पु बनाउने तालिम प्राप्त गरेर घरमै बसेर आत्मनिर्भर बन्न सकिने आशाबादी रहेको समेत प्रशिक्षार्थीहरुको भनाई थियो ।
देश भर ५५ शाखा रहेको आशा लघुबित्तको आफ्ना ग्राहक सदस्यलाई ब्यबसायी बनाउन ५३ वटा शाखामा सिप मुलक तालिम सम्पन्न भईसकेको र बाकी दुईवटा शाखामा पनि निरन्तर तालिम सञ्चालन गर्ने तालिमकी सहजकर्ता कल्याणी खरेलले बताएकी थिईन् ।
२ दिन सम्म संचालन भएको तालिममा संस्थाको कार्यक्षेत्र भित्रका धनगढी उपमहानगरपालिका, गौरीगंगा नगरपालिका, गोदावरी नगरपालिका र कृष्णपुर नगरपालिकाका ९५ जना स्थानीय प्रशिक्षार्थिहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।
अत्तरिया शाखाले कार्यक्षेत्रका ३ वटा नगरपालिका र १ उपमहानगरपालिकामा गरि १ हजार ९सय ७६ जना बिपन्न बर्गहरुलाई रु ११ करोड ४९ लाख ९०हजार १ सय ४९ रुपयाँ कर्जा लगानी गरेको छ भने ५५ लाख २६ हजार ९ सय ६३ रुपयाँ बचत संकलन गरेको शाखाले जनाएको छ ।
प्रतिक्रिया