डोटीको सिताराम बहुमुखी क्याम्पसमा नेबिसंघको प्यानल निर्बीरोध

गणेश मौनी
८ चैत २०७९ ११:०६
डोटीको सिताराम बहुमुखी क्याम्पसमा नेबिसंघको प्यानल निर्बीरोध

डोटी । शिखर नगरपालिका वडा नम्बर ९ अन्तरगत रहेको सिताराम बहुमुखी क्याम्पसमा नेपाल बिद्यार्थि संघको प्यानल निर्बिरोध निर्बाचित भएको छ ।
त्रिभुवन विश्व बिद्यालयबाट सम्बन्धन प्राप्त सुदुरपश्चिम बिश्वबीद्यालय अन्तरगत रहेका क्याम्पसहरुमा बुधबार हुने निर्बाचन कार्यतालिमका अनुसार सिताराम बहुमुखी क्याम्पसमा नेबिसंघको प्यानलै निर्बिरोध निर्बाचन भएको सिताराम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख चेतराज भट्टले जनाएका छन् ।
निर्बाचन समितिले जारी गरेको निर्बाचन कार्यतालिमका प्रक्रिया अनुसार नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थि संघ, नेकपा ऐमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थि युनियन, माओबादी केन्द्र निकट अखिल कान्तिकारी गरि तिन वटा संगठन हरुले संगठन दर्ता गरेको भएपनी अन्तिम प्रक्रीया सम्म एक संगठन नेपाल बिद्यार्थि संघले मात्र निर्बाचनमा सहभागि भएकोले निर्बिरोध रुपमा निर्बाचित भएको क्याम्पस प्रमुख भट्टले जनाएका छन् ।
नेपाल बिद्यार्थि संघका तर्फबाट अध्यक्षका उमेद्वार उमेश बलायरको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको हो । उपाध्यक्षमा लिला भट्ट, सचिबमा मनिसा कुमारी भट्ट रोस्यारा, सह सचिब बिष्ना बलायर, कोषाध्यक्षमा ललित बहादुर साँउद, सदस्यमा सृजना बलायर, कृष्षा सुतारा, ज्ञानेन्द्र खड्का, उषा भट्ट, सन्जु बोहरा, कुन्ता रोस्यारा रहेका निर्बाचन समितिले जानकारी दिएको छ । आज भएको निर्बाचन अनुसार पहीलो पटक निर्बाचीत समिति घोषणा गर्ने देशभरको पहिलो क्याम्पस रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *