धनगढीमा एक घरमा चट्याङ

पाँजलो न्युज
७ चैत २०७९ १०:०२
धनगढीमा एक घरमा चट्याङ

धनगढी। धनगढीमा एक घरमा चट्याङ पर्दा क्षती भएको छ। मंगलबार धनगढी उपमहानगरपालिका ५ तारानगरका कुन्नु नारायण चौधरीको २ तले पक्की घरमा चट्याङ् परेको हो। उनले घरको दोस्रो तलाको छतको छज्जामा लम्बाई ४ फिट, चौडाई २ दशमलब ५ फिट प्वाल परेको बताए।

घरमा जडान भएको ईन्भटर मिटर बक्स, २ वटा मेन स्वीच र २ वटा सव मिटर पुर्ण रुपमा क्षति भएको उनले बताए। यस्तै गाडी पार्किङ्ग गर्न बनाएको ग्यारेज टिन, पार्किङ्ग गरी राखेको बा०१-०२६च ५१०८ नं को कारमा र एउटा से६प ७४६६ नम्बरको स्कुटीमा समेत क्षति पुगेको उनले जानकारी दिए । तर मानविय क्षती नभएको बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *