प्रहरीको रगतले बचायो बिरामीको ज्यान, बर्दीमै गरे रक्तदान

पाँजलो न्युज
५ चैत २०७९ ७:०२
प्रहरीको रगतले बचायो बिरामीको ज्यान, बर्दीमै गरे रक्तदान

दिपायल – नेपाल प्रहरीका जवानले गरेको रक्तदानले बिरामीको ज्यान जोगिएको छ । शरीरमा रगतको मात्रा कम भएर सूजङ्ग अस्पतालमा छट्पटाई रहेकी ५० वर्षीय बिरामी धना मल्लको ज्यान जोगिएको हो ।

केआईसिंह गाउँपालिका ५ रानागाउँ निवासी मल्ललाई o+ रगत आबस्यक थियो । रगत चढाउनु पर्ने चिकित्सकको सल्लाह पछि बिरामीका आफन्तहरू शनिबार बिहान देखी रक्त दाताको खोजीमा थिए। रगत अभावका कारण बिरामी छट्पटाई रहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक रूप सिंह थापाले शनिबार राति जानकारी पाए। डिउटी समयमा जानकारी पाए पछि उनले o+ रगत भएका जवानलाई प्रहरी बर्दीमै अस्पताल पुर्याए ।

इलाका प्रहरी कार्यालय दिपायलमा कार्यरत प्रहरी जवान योगेन्द्र बहादुर विष्टले रक्तदान गरेपछि बिरामी मल्लको ज्यान जोगिएको हो । प्रहरी जवान विष्टले आप्तकालमा प्रहरी बर्दीमै रक्तदान गरेका हुन् ।

प्रहरीको रक्तदान पछि बिरामी खतरामुक्त रहेपनि अझै रगतको आबस्यकता पर्ने अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताए।

सामान्य व्यक्तिमा ११ पिन्ट देखि माथि रगत हुनुपर्छ,” प्रशासन प्रमुख बलायरले भने,”८ पिन्ट भन्दा तल रगतको मात्र हुनु निकै कमजोर अवस्था हो । बिरामी मल्लको शरीरमा ५.६ पिन्ट मात्रै रगत थियो । उहाँको स्वाथ्य अवस्था सुधार्न अँझै रगत आवश्यक पर्न जान्छ । तत्कालका लागि उहाँलाई खतरामुक्त गर्न सकियो। प्रहरीको रगतले उहाँको ज्यान जोखिममुक्त भएको छ ।

बिरामीलाई अफ्ठेरो पर्दा नेपाल प्रहरी, ससत्र प्रहरी , नेपाली सेनाले रगत दिएर बचाउने गरेको बलायरले बताए। o+, o- रगत धेरै अभाव हुने र कमै मात्र व्यक्तिको हुने गरेका कारण सो रगतको अभाव देखिने गरेको उनको भनाइ छ ।

जनताको ज्यू ज्यानको सुरक्षा गर्ने प्रहरीको प्रमुख दायित्वभित्र पर्ने भएकाले नेपाल प्रहरी जनतालाई जस्तोसुकै अवस्थामा पनि साथ दिन तयार रहँदै आएको प्रहरी नायव निरीक्षक थापाले बताए । रगत अझै आवश्यक परे त्यसको थप व्यवस्था गर्न आफू तयार रहेको बताउँदै उनले बिरामी र बिरामीका आफन्तलाई नआत्तिन सल्लाह दिएका थिए ।

रक्तदान पछि प्रहरी नायव निरीक्षक थापा, रक्तदाता प्रहरी जवान विष्ट लगाएतको प्रहरी टोलीले बिरामी, बिरामीका आफन्त लगायत स्वास्थ्यकर्मीलाई भेटेर बिरामीको स्वाथ्य अवस्थाका बारेमा समेत जानकारी लिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *