
डोटी । बहुमुखि क्याम्पस डोटीमा आज हुन गईरहेकोे स्वतन्त्र बिद्यार्थि युनियनको निर्वाचनमा बिहान ११ बजे सम्म ३३ प्रतिशत मतदान भएको निर्बाचन अधिकृत हर्क बहादुर कललेले बताएका छन् ।
स्वबीयुको निर्बाचनमा डोटी क्याम्पसमा नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थि संघ, नेकपा ऐमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थि युनियन, माओबादी केन्द्र निकट अखिल कान्तिकारीले, नेपाल कमनिष्ट पार्टि निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थि युनियन (कान्तिकारी), राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौले निर्बाचनमा भाग लिएको निर्बाचन अधिकृतले जनाएका छन् ।
जसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थि युनियन र अखिल कान्तिकारीले संयुक्त गठबन्धन गरेका छन् त्यस्तै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थि युनियन (कान्तिकारी) र अखिल छैटौ बिच पनि गठबन्धन गरेको छ भने नेबिसंघ मात्र एकल रुपमा प्रतिशपर्धा गरिरहेको छ ।
निर्बाचन समय तालिका अनुसार बिहान ८ बजे देखि सुरु भएको निर्बाचनको अन्तिम सयम साझँ ४ बजे रहेको जनाएको छ । डोटी बहुमुखी क्याम्पसमा ८ सय ९ जना बिद्यार्थिहरु मतदाताको रुपमा रहेका क्याम्पसले जनाएको छ । निर्बाचनमा सुरक्षा ब्यवस्था कडा गरिएको छ । क्याम्पसको चारैतिर शसस्त्र प्रहरी नेपाल प्रहरीको बाक्लो उपस्थिती रहेको छ
स्वबीयुको निर्बाचनमा आफ्ना बिद्यार्थि संगठनहरुलाई सहयोग गर्न सबै दलका नेता कार्यकर्ताहरु क्याम्पस नजिक रहेको टुडीखेल खेलमैदानमा बिहानै देखि बाक्लो उपस्थिती रहेको छ ।
प्रतिक्रिया