(डोटी) – डोटी बहुमुखि क्याम्पसमा आसन्न स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को चुनावी प्रतिस्पर्धा रोचक हुने भएको छ । बोहरा खलकका २ दाजुभाई र बोगटी खलकका एक जना छुट्टाछुट्टै प्यानल खडा गरेर आमने सामने भिड्ने भएका छन् । सुदूरपश्चिमकै अग्रणी डोटी बहुमुखि क्याम्पसको स्ववियू सभापतिमा बोहरा र बोगटी खलकमध्य एकले पहिलो पटक इतिहास रच्ने सुनिश्चीत भएपनि रोचक त्रिपक्षीय प्रतिस्पर्धामा उत्रेका छन् ।
स्ववियू निर्वाचन अधिकृत हर्क बहादुर कलेलले चैत ५ गते हुन लागेको निर्वाचनका लागि ३ वटा प्यानलले उम्मेदवारी दर्ता गरेको जानकारी दिए । डोटी क्याम्पसमा ८ सय ६ जना स्ववियूका मतदाता रहेका छन् ।
नेपाली कांगे्रस निकट नेपाल बिद्यार्थी संघका तर्फबाट जेनिस बोहराले आफ्नो नेतृत्वमा प्यानल खडा गरेर अन्य बिद्यार्थी संगठनसंग एक्लै मैदानमा उत्रेका छन् । उता बामपन्थी तर्फबाट २ टिम खडा भएका छन् । एउटा संयुक्त टिम तयार पारेर लक्ष्मण बहादुर बोहरा र अर्को संयुक्त टिम टेकेन्द्र बहादुर बोगटीले तयार पारेर त्रिपक्षिय भिडन्तमा होमीएका छन् । ३ वटै बोहरा र बाेगटी दाजुभाई बाजी मार्ने अन्तिम संघर्षमा छन् ।
नेपाल बिद्यार्थी संघका जेनिस बोहरा र अनेरास्ववीयूका लक्ष्मण बहादुर बोहरा बोगटान फूडसिल गाउँपालिकाका बासिन्दा हुन् । धिर्कामाण्डौ घर भएका जेनिस कक्षा ८ मा पढ्दै गर्दा दर्जाकोट माविको नेबिसंघ इकाइ सभापति भएका थिए । डडेल्धुराबाट अमिनको पढाइ पुरा गरेका उनले त्यही समय के.आई.सिंहको झिमेमालिका माबिबाट प्लस टु अध्ययन पनि सम्पन्न गरे । डोटी बहुमुखी क्याम्पसमा नियमीत अध्यन गरिरहेका जेनिसलाई शालिन , बिपक्षीसंग चाँडै घुलमिल हुनसक्ने राजनैतिक छवि भएको तथा सामुहिक हितका लागि डटेर खट्न सक्ने भएकोले स्वावियू सभापतिका लागि टिकट दिइएको पार्टी उपसभापति नारायण जोशीले जानकारी पाजलाे अनलाइनलाइ दिए ।
लक्ष्मण बहादुर बोहरा एमाले निकट अखिल नेपाल विद्यार्थी युनियन (अनेरास्ववियू) का जिल्ला सचिव हुन् । कानाचौर घर भएका लक्ष्मण कानाचौर मावि धौलाबस्तीबाट कक्षा १०, खत्याडी माबिबाट प्लस टु पास हुनुका साथै १८ महिने उद्यमविकास सहजकर्ता कोर्षसमेत गरेका विद्यार्थी नेता हुन् । स्नातक तह दोस्रो बर्ष अध्यन गरिरहेका लक्ष्मणले पारिवारीक पृष्ठभूमी नै कम्यूनिष्ट रहेकाले बाल्यकालबाटै एमालेपार्टी प्रति आस्था र लगाव रहेको बताए । बिद्यार्थीहरुसंगको निरन्तर सम्पर्कमा रहेको तथा समस्या समाधानका लागि निरन्तर खटिएकाले आफ्नो जीत सुनिश्चित रहेको पाजलाे अनलाइनसंग तर्क गर्छन् ।
उता नेकपा विप्लप निकट अखिल नेपाल विद्यार्थी युनियन (क्रान्तिकारी) बाट स्ववियू सभापतिका उम्मेदवार टेकेन्द्र बोगटी पूर्वीचौकी गाउँपालिका बासिन्दा हुन्् । काँडामाण्डौ माविमा कक्षा १० सम्म पढेका बोगटी सानागाउँको सरस्वती माविमा कक्षा ११ र १२ पढाई पुरा गरे । ०७० बाट पार्टीमा भूमीगतरुपमा सम्पर्कमा रहेको बताउने बोगटी ०७७ फागुनबाट नेकपा विप्लब पार्टीमा खुला राजनैतिक जीवनमा सकृय भएको बताउँछन् । बिद्यालयको पठनपाठन, खानेपानी तथा सरसफाई जस्ता समसामयिक सवालहरुको समाधानमा निरन्तर खटिएकाले बिद्यार्थीको जनलहर आफ्नो पक्षमा बढ्दै गएको उनको दाबी छ । उनी डोटी बहुमुखि क्याम्पसमा बिएड तेस्रो बर्ष अध्यनरत छन् ।
अनेरास्ववियूले माओवादी निकट अखिल (क्रान्तिकारी)लाई सचिव र २ सदस्य पद दिएर संयुक्त प्यानल बनाएको छ भने नेकपा विप्लप निकट अखिल नेपाल विद्यार्थी युनियन (क्रान्तिकारी) र राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल विद्यार्थी युनियन (छैटौं) संग मिलेर प्यानल बनाएको छ । छैटौंलाई कोषाध्यक्ष र २ सदस्य दिएर संयुक्त प्यानल बनाएको छ । तीन वटै प्यानलले निर्वाचन जित्ने बिभिन्न तर्क गर्दै आएका छन् ।
प्रतिक्रिया