कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक पछेराको मृत्यु

पाँजलो न्युज
२ चैत २०७९ १०:३९
कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक पछेराको मृत्यु

धनगढी। कैलाली बहुमुखी क्याम्पसमा कार्यरत उप–प्राध्यापक खड्ग बहादुर पछेराको मृत्यु भएको छ। विष सेवन गरेका ४७ वर्षीय पछेराको आज (बिहीवार) मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुल दिप चन्दका अनुसार आज बिहान ११ बजे उनलाई विष सेवन गरेको अवस्थामा सेती अस्पतालमा ल्याइएको थियो।

विष सेवन गरेको अवस्थामा उनलाई आइसियुमा भर्ना गरिएको थियो। विष सेवन गरेका कारण उनको मृत्यु भएको डिएसपी चन्दले बताए। अहिले उनको पोस्टमार्टम गर्ने तयारी भैरहेको प्रहरीले जनाएको छ।क्याम्पसमा विगत १२ बर्ष देखि गणित विषयत अध्यायपन गराउँदै आएका थिए। आज विहान मात्र उनले कक्षा लिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *