सेती लोकमार्गको बिजोक, आधाभन्दा बढी निर्माण १४ वर्षदेखि अधुरै
पाँजलो न्युज
२ चैत २०७९ ७:१७
डोटी- कैलालीको मोहन्यालका धनबहादुर घर्तीमगरलाई कसैले सेती लोकमार्ग बन्छ भनेको धेरै वर्ष भयो। उनी जवान हुँदा नै सेती लोकमार्ग निर्माण हुने सुनेका थिए। उनी वृद्ध हुँदै गएका छन्। सेती लोकमार्गको कैलाली खण्डमा पनि ट्रयाक खोल्ने काम पूरा भएको छैन। उनी भन्छन, ‘हामी त यो बाटोमा हिड्न पनि नपाउने भयौ। ७० वर्षको भए। अझै बाटो बनेको छैन।’
लोकमार्गको डोटीमा ४० किलोमिटर र अछाममा ६ किलोमिटर ट्रयाक निर्माणका लागि नयाँ ठेक्का सम्झौता भएको छ। गत मंसिरमा तीन वर्षमा डोटी र अछाम खण्डको सडक निर्माणको काम पूरा गर्न सम्झौता भएको हो। सेती लोकमार्ग दक्षिण खण्डका प्रमुख इन्जिनियर रमेश भटराईले चालु आर्थिक वर्षभित्र कैलाली खण्डको काम पूरा हुने बताए। उनले भने, ‘साँफेसम्म एक सय ४४ किलोमिटर हो। कैलालीमा १५ किलोमिटर बाँकी छ। यो वर्ष सक्ने लक्ष्य हो।
डोटीमा ४० र अछाममा ६ किलोमिटर ट्रयाक खोल्न बाँकी छ। डोटी र अछाममा यो वर्ष ठेक्का भएको हो। तीन वर्षमा काम पूरा गर्ने लक्ष्य छ। चीनको सिमाना जोड्ने सेती लोकमार्ग छोटो दूरीको मार्ग हो। यसले भारत र चीन दुई छिमेकी देशको नाकालाई छोटो दूरीमा जोड्नेछ।
प्रतिक्रिया