डोटीमा बजार अनुगमनलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने

गणेश मौनी
१ चैत २०७९ १६:४४
डोटीमा बजार अनुगमनलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने

डोटी ।डोटीमा बजार अनुगमनको कार्यलाई प्रभावकारी रुपमा कार्यान्वय गर्न सरोकारवाला निकाएहरुले प्रतिबद्धता जनाएका छन् ।
विश्व उपभोक्ता अधिकार दिवसको अबसरमा बुधबार जिल्ला प्रशासन कार्यालय डोटीले आयोजना गरेको सरोकारवाला निकायहरु संगको अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले बजार अनुगमनको कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले उपभोक्ताको हक अधिकार संरक्षण गर्नु सरोकारवाला निकाए सबैको दायीत्व रहेको बताईन् । उनले भनिन् बजार अनुगमनको कार्यलाई थप प्रभावकारी बनाउन स्थानीय सरकारको भूमिका महत्वपूर्ण छ । स्थानीय सरकारले विशेष प्राथमीकताका साथ अगुवाई लिनुपर्छ । बजार अनुगमनको कार्यलाई प्रभावकारी बनाउन जिल्लामा रहेका सरकारी सबै निकाएले पूर्ण सहयोग गर्ने समेत बताईन् ।
जिल्लाका सरोकारवाला निकाएहरुले सहयोग गरे बजार अनुगमन कार्यलाई लाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खड्काले बताए । उनले भने हामी नगरपालिकाले मात्र गरेर केही हुदैन, सबैको सहयोग आवश्यक छ, उपभोक्ताहरु साच्चीकै ठगिएका छन् बजार अनुगमन कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा बोल्ने अधिकांश सहभागिहरुले बजारमा म्याद गुजे्रका, गुणस्तरहिन, कानुनले बर्जित खाद्य बस्तुहरु ब्यापारीहरुले विक्रिबितरण गर्ने गरेको, ब्यवसाय सम्बन्धीत निकाएमा दर्ता नगरि संचालन गर्ने गरेको, मुल्य सुचि कायम नगरिएको, नापतौलका सामाग्रिहरु नियमीत सम्बन्धीत निकाएमा चेकजाँच नगरेको जस्ता सवालहरु देखा पर्ने भएकाले बजार अनुगमन कार्यलाई जिल्लाका सबै स्थानिय तहहरुले प्राथमीकता दिई कार्यान्वयन गर्नुपर्ने बताएका थिए ।
अन्तरक्रिर्या कार्यक्रममा नापतौल तथा गुणस्तर कार्यालय, करदाता सेवा कार्यालय, खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालयले, घरेलु तथा साना उद्योग कार्यालयले आफु संग सम्बन्धीत डोटी जिल्लाको खाद्य गुणस्तर, बजार अनुगमन र नापतौलको अवस्थाको बारेमा छुट्टा छुट्टै प्रस्तुतिकरण गरेका थिए ।
जिल्ला प्रशासन कार्यालयमा आयोजना गरेको कार्यक्रममा स्थानीय तहका प्रमुख प्रतिनीधी, उपभोक्ता, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधी, ब्यवसायी, पत्रकार लगाएको सहभागिता रहेको थियो ।
डोटीमा बजार अनुगमन कार्य जिल्ला प्रशासनको नेतृत्वमा त्रैमासीक रुपमा हुने र आवश्यकता अनुसार अन्य समयमा पनि गर्ने गरेको देखिन्छ । तर डोटीमा कुनैपनी स्थानीय तहहरुले आफ्नै किसिमले बजार अनुगमन गरेको छैन् । जिल्ला प्रशासनले यसै आर्थिक बर्ष भित्र दिपायल सिलगढी नगरपालिका, आदर्श गाउँपालिका र केआई सिंह गाउँपालिमा बजार अनुगमन गरि म्याद गुज्रेको लाखौको सामाग्री नष्ट गरेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *