तिन महिने सिलाई कटाई तालिमको नगर प्रमुख द्धारा उद्घाटन

गणेश मौनी
१ चैत २०७९ १६:३५
तिन महिने सिलाई कटाई तालिमको नगर प्रमुख द्धारा उद्घाटन

डोटी ।दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ राजपुरमा तिन महिने सिलाई कटाई तालिम सुरु भएको छ ।
दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४को सहयोगमा घरेलु तथा साना उद्योग कार्यालयल राजपुरले आयोजना गरेको तालिमको बुधबार एक कार्यक्रमका बिच नगर प्रमुख बाजी सिंह खड्का(बिजय) ले उद्घाटन गरेका हुन् ।
तालिमको उद्घाटन गर्दै नगर प्रमुख खड्काले महिलाहरुका लागि आयोजना गरिएको सिपमुलक तालिमर्लाइ पूर्ण उपलब्धीपूर्ण बनाउनु पर्ने बताए । उनले भने आम नागरिकका लागि सबै सिप उत्तिकै आवश्यक छन् सिपले मानिसको जिबनलाई उज्जल बनाउन्छ ।
नगरपालिकाले यस्ता सिपमुलक कार्यलाई सधै प्राथमीकता दिने समेत नगर प्रमुख खड्काले बताए ।
तालिमलाई पूर्ण रुपमा उपलब्धी पूर्ण बनाउन पहल गरिने घरेलु तथा साना उद्योग कार्यालयल राजपुरका प्रमुख दिपेन्द्र शाहले बताए ।
तिन महिना सम्म संचालन हुने तालिममा वडा नम्बर ४ बाट १२ जना महिलाहरुको सहभागिता रहने आयोजकले बताएको छ । तालिमको उद्घाटन सत्रमा दिपायल सिलगढी नगरपालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, उद्योग बाणिज्य संघका अध्यक्ष, स्थानीय लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *