ठोस योजनाहरु अघि बढाउन डोटीका वडाध्यक्षहरु भए एकजुट

राजेन्द्र खड्काको संयोजकत्वमा तदर्थ समिति गठन

पाँजलो न्युज
२८ फागुन २०७९ १५:२६
ठोस योजनाहरु अघि बढाउन डोटीका वडाध्यक्षहरु भए एकजुट

डाेटी ।  जिल्लाको समृद्धि र बिकासका लागि ठोस योजनाहरु अघि बढाउन डोटीका वडाध्यक्षहरु एक जुट भएका छन् । आइतबार वडाध्यक्षहरुको भेलाले तदर्थ समिति गठन गर्दै जिल्ला अस्पताल डोटीमा आइसियू संचालन तथा ५ वटा विशेषज्ञ डाक्टरहरुबाट चिकित्सकीय सेवाका लागि महत्वकांक्षि योजना अघि सारेका छन् ।
दिपायल सिलगढी नगरपालिका वडा नं. २ का वडाध्यक्ष राजेन्द्र बहादुर खड्काको संयोजकत्वमा १८ सदस्यीय समिति गठन गरिएको शिखर नगरपालिका वडा नं. १ का वडाध्यक्ष दिपक बोगटीले पाँजलो अनलाईनलाई जानकारी दिए । सो समितिको उप–संयोजकमा जोरायल गाउँपालिका वडा नं. १ का वडाध्यक्ष जगत मल्ल रहेका छन् । साथै सो समितिले स्थानीय तहहरुमा प्रबक्ताको भूमीकामा रहेका वडाध्यक्षहरुलाई सल्लाहकार समितिमा राखेको छ ।


‘हाम्रो कार्यकालको ४ बर्षको अवधीमा जिल्लाका ४ वटा गौरबशाली योजनाहरु बनाएर देखाउने छौं’, तदर्थ समिति संयोजक राजेन्द्र बहादुर खड्काले भने, ‘ यसका लागि जिल्लाभरका वडाहरुबाट बजेट बिनियोजन गर्नुका साथै पालिका, प्रदेश, संघिय सरकारहरुसंग पनि सहकार्य गरिनेछ ।’ खड्काले तत्कालका लागि जिल्ला अस्पताललाई सुबिधासम्पन्न बनाउने योजना रहेको जानकारी दिए ।
तदर्थ समिति गठनका अभियन्ता दिपक बहादुर बोगटीले जिल्लाका सम्भावनाहरुबारे सरोकारवाला सबैसंगको बृहत छलफल र अन्र्तक्रियापछि ठोस योजनाहरु तय गरीने बताए । टुक्रे योजनाहरुले जनतालाई प्रत्यक्ष राहत हुनेगरी सेवा पुग्न नसकेकाले ठोस योजना बनाउन वडाध्यक्षहरु सामुहिकरुपमा एकजुट भएको बोगटीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *