डोटी– के.आई.सिंह गाउँपालिकाले शनिबार मुख्य प्रशासनीक भवनको सिलान्यास गरेको छ । गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले धार्मिक विधी अनुसार भवनको सिलान्यास गरेका हुन् ।
संघिय सरकार र गाउँपालिकाको संयुक्त लगानीमा वडा नं. ४ मा वायलमा भवन निर्माण गरिन लागेको हो । ७ करोडको लागतमा भवन निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ । सिलान्यास कार्यक्रमसंगै भवन निर्माणका लागि जमिन उपलब्ध गराउने जग्गाधनीहरुलाई दोसल्ला र प्रमाणपत्रका साथ सम्मान गरिएको थियो । त्यस्तै सो जग्गा खरिद प्रकृयाका लागि समन्वकारी भूमीका खेल्ने स्थानीय समाजसेवी तथा कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो ।

त्यस्तै वडा नं. ३ स्थित वडा कार्यालयको निर्माणसम्पन्न भवनको पनि शनिबार औपचारिक कार्यक्रमका विच उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा उपाध्यक्ष मिना बिष्ट, वडाका जनप्रतिनिधी, प्रमुख प्रशासकीय अधिकृत सुरत परियार लगायत कर्मचारी तथा स्थानीयहरुको उपस्थिती रहेको थियो । गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले उद्घाटन गर्दै भवन निर्माण पश्चात वडाबासीहरुलाई सेवा लिन सहज हुने बताए । वडा कार्यालय भवन निर्माण कार्य समयमै सम्पन्न गरेको भन्दै वडा कार्यालयले निर्माण व्यवसायी डम्बर बहादुर साउँदलाई सम्मान गरेको थियो । सोही डिजाईनको भवन गाउँपालिकाले वडा नं. ५ मा समेत निर्माण सम्पन्न गरेको छ ।


प्रतिक्रिया