डोटी। डोटी जिल्ला शिखर नगरपालिकाले ११३औं अन्तर्राष्ट्रिय महिला दिवस र होली पर्वको पुर्व सन्ध्यामा शुभकामना आदानप्रदान गरेको छ । जिल्लाका सरोकारवालाहरू र स्थानीय तहका उप प्रमुख तथा उपाध्यक्षहरू साथै नगरपालिकाका महिलाहरू विच महिला दिवस र होली पर्वको पुर्व सन्ध्यामा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । महिलाहरूले आफ्ना आवस्यक परेका समस्याहरूका लागि नगरपालिका सँग समन्वय गर्नुपर्ने र सो समस्या समाधानका निम्ति नगरपालिकाले सहकार्य गर्ने शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बहादुर बलायरले बताए । महिलाहरूले अधिकारका लागि मात्रै होइन आर्थिक रूपमा पनि अगाडि बढ्नुपर्ने जिल्ला समन्वय समितिका उप प्रमुख स्मृति चुनाराको भनाइ रहेको छ
। महिला अधिकारीका लागि सबैले आ-आफ्नो क्षेत्र बाट लाग्नुपर्ने डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताए । उनले होली पर्वलाई नगरमा मर्यादाका साथ मनाउन अधिकारी श्रेष्ठले आग्रह समेत गरेका छन्
। महिला अधिकारका लागि डोटीमा लामो समयसम्म आन्दोलनमा होमिएको र पछिल्लो समयमा महिलाहरू नेतृत्व तहमा भैरहदा आफूलाई खुसी महसुस भैरहेको छ नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि पार्वती चन्दको भनाइ रहेको छ । महिलाहरूले पुर्ण अधिकारी पाउन अझै बाकी छ त्यसकारण अधिकारका लागि निरन्तर अगाडि बढ्न आम महिलाहरूलाई माओवादी पार्टीका प्रदेश समिति सदस्य गीता नेपालीले आग्रह गरेका छन्
। नगरमा सबै तहका प्रतिनिधिहरूको साथमा महिला दिवस तथा होली पर्वको पुर्व सन्ध्यामा शुभकामना आदानप्रदान कार्यक्रमले सबै सँगको सम्बन्ध प्रगाढ हुने र सरोकारवालाहरूका भनाइहरू नगरका महिला दिदीबहिनीहरूले समेत जानकारी पाउने उदेश्यले सो कार्यक्रम गरेको शिखर नगरपालिकाका उप-प्रमुख सुनिता रावल जोराले बताए
। उनले यो कार्यक्रम मार्फत नगर बासी सम्पुर्ण महिला दिदीबहिनीहरूका हक हितका लागि ऐक्यबद्धताका साथ अगाडि बढ्ने समेत उपप्रमुख जोराले जानकारी गराएका छन् । महिला दिवस २४ गते भएता पनि सबै स्थानीय तहमा कार्यक्रम हुने भएकाले पुर्व सन्ध्यामा कार्यक्रम गरिएको उप प्रमुखले जानकारी गराए । कार्यक्रममा शुभकामना मन्तव्य शिखर नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख सुमित्रा थापा मगरले राखेका थिए । त्यसैगरी कार्यक्रम सञ्चालन शिखर नगरपालिकाका शिक्षा शाखाका प्राविधिक सहायक रोजी सिंहले गरेकाे थियोे । शुभकामना आदानप्रदान कार्यक्रममा जिल्लाका सरोकारवाला निकाय,पार्टी प्रतिनिधिहरू,शिखर नगरपालिका १ देखि ११ वडाका महिला वडा सदस्य तथा अन्य महिलाहरू, ब्राह्मण कुमारी विश्व बिद्यालय डोटीका प्रमुख,संस्था प्रतिनिधि तथा पत्रकारहरूको उपस्थिति रहेको थियोे ।
प्रतिक्रिया