विद्यार्थीद्वारा लघुजलविद्युत आयोजनाको अवलोकन

गणेश मौनी
२१ फागुन २०७९ २:१२
विद्यार्थीद्वारा लघुजलविद्युत आयोजनाको अवलोकन

डोटी । सिलगढी जिरोप्वाईन्टमा रहेको भागरति एकेडेमीले विद्यार्थीहरुलाई लघुजलविद्युत आयोजनाको अवलोकन गराएको छ ।
बिद्यालयले शनिबार डोटीको पुर्विचौकी गाउँपालिका वडा नम्बर ६ मा रहेको गण्डीगाण लघुजलबिद्युत आयोजनाको अवलोकन गराएको हो ।

बिद्यार्थिहरुलाई विषय बस्तुको किताबी ज्ञानले मात्र नभई अवलोकनबाट पढाईमा थप सहयोग पुगोस भन्ने हेतुले बिद्यार्थिहरुलाई अवलोकन गराएको भागरति एकेडेमीका संचालक हेमराज मलासीले बताए । उनले भने बिज्ञान बिषयमा आधारीत विषय बस्तुको बारेमा प्रत्येक्ष अवलोकन गरेर जानकारी होस भन्ने हो । बिद्यार्थिहरुले पानी बाट बिद्युत कसरी उत्पादन गर्न सकिन्छ भन्ने विषयमा जानकारी पाएको समेत बताए ।

बिधुत गृहका संचालक गोकुल भण्डारीले विद्युत गृहमा रहेका मेसीन तथा पाठपुर्जाहरुको बारेमा विद्यार्थिहरुलाई जानकारी गराएका थिए ।
शैक्षिक अबलोकन भ्रमणमा कक्षा ६ देखि १० सम्मका करिब ७० जना बिद्यार्थिहरु, शिक्षकहरुको सहभागिता रहेको बिद्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *