डोटी-के आई सिंह गाउपालिका ५ मा महिला ससक्तिकरण कार्यक्रम प्रत्यक टोलमा लागू गरेको छ । महिलाहरु कसरी जागरुक हुने कसरी महिलाबिरुद्धका सबै प्रकारका बिभेद र हिंसाको अन्त्यगरी महिलाहरूको हक तथा अधिकारको सुरक्षा र प्रवर्दनको लागि राज्यले अधिकारमा आधरित विकास अवधारणाको अवल्म्बन गरी नीतिगत, कानुनी र संस्थागत सुधारका साथै विकास कार्यक्रमहरू संचालनगरी बिभेदकारी कानुनहरू हटाई हरेक छेत्रमा महिलाहरूलाई सहभागिता गराई महिलाहरूमा भएको अन्तर्निहित् क्षमतालाई बृधि गर्नु नै महिला सशक्तिकरण हो । महिला सशक्तीकरण को लागि राज्यले पनि कानुनी रुपमा विभिन्न प्रयाशहरु गर्दै आइरहेको वडा नं.५का वडा अध्यक्ष दुर्गा रावलले बताए त्यस्तै महिला ससक्तीकरण मा शिक्षाको महत्व,स्वास्थ्य को महत्वको बारेम पनि विशेष छलफल गरियको थियोे । महिला हरुले स्वस्थ्य अबस्थामा कसरी ध्यान दिने, गर्भपति हुदा ध्यानदिनुप्रने कुराको बारेमा पनि बिसेस जोड दियको थियोे ।

प्रतिक्रिया