महिला स्वास्थ्य स्वयंमसेबिकाहरुका लागि दश दिने आधारभुत तालिम सुरु

गणेश मौनी
१५ फागुन २०७९ १४:३३
महिला स्वास्थ्य स्वयंमसेबिकाहरुका लागि दश दिने आधारभुत तालिम सुरु

डोटी, डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ६ गगुडा स्वास्थ्य चौकीमा राष्ट्रिय महिला सामुदायीक स्वास्थ्य स्वयंमसेबिकाहरुका लागि दश दिने आधारभुत तालिम सोमबार देखि सुरु भएको छ ।
बोगटान फुड्सिल गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा स्वास्थ्य कार्यालय डोटीले तालिमको आयोजना गरेको हो । तालिमको सोमबार एक कार्यक्रमका बीच बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष श्याम बहादुर बोगटीले उद्घाटन गरेका छन् ।
तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष बोगटीले गाउँघरमा महिला स्वयंमसेबिकाहरु सबैका भरपर्दा, विश्वासिला पात्र भएकोले स्वास्थ्य सम्बन्धी आधारभूत विषय बस्तुको बारेमा जानकारी हुन आवश्यक रहेको बताए । स्वास्थ्य स्वयंमसेविकाहरुलाई वडाले पूर्ण सहयोग गर्ने समेत वडा अध्यक्ष बोगटीले बताए ।
नयाँ स्वयंमसेबिकाहरुलाई आधारभूत तालिम भएकोले सबै विषय बस्तुको बारेमा जानकारी गराईने तालिमका सहजकर्ता एवं गगुडा स्वास्थ्य चौकीका सिनियर अहेब शिशिर बोगटीले बताए । तालिममा स्वयंमसेबिकाहरुले समुदाय स्तरमा गर्नुपर्ने मुख्यकाम खोप, नबजात शिशु तथा सुरक्षित मातृत्व, बाल रोगको उपचार तथा रोगथाम, आमा समुह संचालन, अभिलेखीकरण तथा प्रतिबेदन सम्बन्धी लगाएतका विषय बस्तुहरुको बारेमा जानकारी गराईने सिनियर अहेब बोगटीले बताए
१० दिन सम्म संचालन हुने तालिमको सहजिकरण जनस्वास्थ्य निरिक्षक धर्मसिंह बम, जनस्वास्थ्य निरिक्षक हेम बहादुर बोगटी र सिनियर अहेब शिशिर बोगटीले गर्ने भएको आयोजकले जनाएको छ । तालिममा बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ४ सात्फरी, वडा नम्बर ५ धिर्कामाण्डौ र वडा नम्बर ६ गगुडाका १५ जना महिला सामुदायीक स्वास्थ्य स्वयंमसेबिकाहरुको सहभागि रहेको समेत गगुडा स्वास्थ्य चौकीका सिनियर अहेब शिशिर बोगटीले जानकारी दिएका छन् । तालिम गगुडा स्वास्थ्य चौकी भवनमा संचालन भईरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *