डडेल्धुरामा जिप दुर्घटना हुदा,एक महिलाको घटनास्थलमै मृत्यु

पाँजलो न्युज
१५ फागुन २०७९ १०:०१
डडेल्धुरामा जिप दुर्घटना हुदा,एक महिलाको घटनास्थलमै मृत्यु

दिपायल: डडेल्धुराको परशुराममा जिप दुर्घटना भएको छ।

परशुराम नगरपालिका वडा.न ३ शिर्षको हाटिगडामा जिप दुर्घटना हुदाँ १ महिलाको मृत्यु भएको छ ।

 

कञ्चनपुर जिल्लाको महेन्द्रनगर देखी शिर्षको आमडाली सम्मका लागि छुटेको से.१ ज २३८ नम्मवरको जिप परशुराम नगरपालिका वडा.न ३ को शिर्ष रुपाल सडकखण्डको हाटिगडामा मोडमा दुर्घटना भएको हो ।

 

जिप दुर्घटनामा परि डडेल्धुराको भागेश्वर गाउँपालिका वडा.न २ रुपालकी अन्दाजी ५० वर्षिय बाशु देखी तिरुवाको जिपमा च्यापीएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ।

जिपमापम सवार अन्यको अवस्था समान्या रहेको र चालक र सहचालक सहित १५ जना सवार रहेको प्रहरिले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *