डोटी । डोटीको के.आई.सिंह गाउँपालिकामा योग शिविर तथा जिवनशौली परामर्श कार्यक्रम सुरु गरिएको छ। आयुर्वेद स्वास्थ्य केन्द्र दिपायलको आयोजना र विश्व शान्ती महाअभियानका सुत्रदाता योग यात्री बिस्णुको सहभागितामा हुने कार्यक्रम चार दिन सम्म सञ्चालन हुनेछ।
उक्त योग कार्यक्रममा योग यात्री विष्णु र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायल, डोटीका योग प्रशिक्षक बलदेव जोशीले प्रशिक्षण गर्ने छन्। योग शिविरमा आयुर्वेद, खानपान तथा स्वास्थ जिवनशैलीको बारेमा र योगले मानव जिवनमा हुने फाइदाको बारेमा प्रशिक्षण गराइने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायल डोटीका योग प्रशिक्षक श्री बलदेव जोशीले जानकारी दिए।
यस्तै योग, आयुर्वेद र प्राकृतिक खानपान तथा जिवनशैली आजको आवश्यकता रहेकोले सबैजनाले ब्यबहारमा लागू गर्नुपर्ने के.आई.सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले बताए। जिल्ला समन्वय समिति सदस्य, के.आई.सिंह गाउँपालिकाका विभिन्न वडाका वडा अध्यक्ष, कर्मचारी, स्थानीय जनता तथा अन्य विभिन्न बौद्धिक व्यक्तिहरुको सहभागितामा सोमवारदेखि शिविर सुरु गरिएको छ।
प्रतिक्रिया