नवदिप बिद्या निकेतन बोर्डिङ्ग स्कुलले अन्तर बिद्यालय नित्य प्रतियोगितामा प्रथम स्थान हासिल

Paajalo News(सरिता कठायत )
२७ माघ २०७९ १३:५०
नवदिप बिद्या निकेतन बोर्डिङ्ग स्कुलले अन्तर बिद्यालय नित्य प्रतियोगितामा प्रथम स्थान हासिल

डोटी / डोटी जिल्लाको केआई सिहं गाउँपालिका ६ मा रहेको नवदिप बिद्या निकेतन बोर्डिङ्ग स्कुलले खप्तड शैलेश्वरी प्रथम अन्तर बिद्यालय नित्य प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ । भैरव प्रसाद गणले महाशिवरात्री तथा १६०औं सेना दिवसको अवसरमा खप्तड शैलेश्वरी प्रथम अन्तर बिद्यालय नित्य प्रतियोगिता शुक्रबार सिलगढीको टुडिखेलमा आयोजना गरेको थियो । सात वटा अन्तर बिद्यालयहरूको प्रतिस्पर्धामा नबदिप बिद्या निकेतन बोर्डिङ्ग स्कुलले प्रथम स्थान हासिल गरेको हो । डोटी जिल्लाको कला संस्कृतिहरू परापुर्वकाल देखि इतिहास जगाउदै आएका र पछिल्लो समयमा स्थानीय कला संस्कृतिकहरू लोभ हुने सम्भावना धेरै भएकोले स्थानीयकला संस्कृतिहरूलाई जोगाउने हेतुले सेना दिवस तथा अन्य बेला भैरब प्रसाद गणले कार्यक्रम गर्दै आएको भैरब प्रसाद गण सिलगढीका गणपति प्रमुख सेनानी जनमत बहादुर कार्कीले बताए। उनका भनाइ अनुसार जिल्लामा भएका कला संस्कृतिहरूलाई जोगाउनु भनेको हाम्रो ठुलो पहिचान हुनु हो त्यसकारण सबैले आ- आफ्नो ठाउँबाट अगाडि बढ्नुपर्ने कार्कीले बताएका छन् । खप्तड शैलेश्वरी प्रथम अन्तर बिद्यालय नित्य प्रतियोगितामा सहभागी भएका बिद्यालयहरू नबदिप बिद्या निकेतन बोर्डिङ्ग केआई सिंह गापा ६, पवित्र आवासीय माध्यमिक बिद्यालय दिसिनपा ६ सिलगढी,सरस्वती माध्यमिक बिद्यालय केआई सिंह गापा ५ रानागाउँ,दुर्गा माध्यमिक बिद्यालय दिसिनपा ७ पाकरी,केदारेश्वर माध्यमिक बिद्यालय शिखर नपा १, मोर्निङ्ग लाइट बोर्डिङ्ग स्कुल दिसिनपा ६ सिलगढी,पद्म पब्लिक मुक्तिनारायण माध्यमिक बिधालय ६ सिलगढीका बिधालयहरूको सहभागी रहेकोे थियोे । प्रथम स्थान हासिल नबदिप बिद्या निकेतन बोर्डिङ्ग स्कुल,द्वितीय स्थान हासिल पवित्र आवासीय माध्यमिक बिद्यालय सिलगढी र तृतीय स्थान सरस्वती माध्यमिक बिधालय रानागाउँले हासिल गरेको थियोे । प्रथम पुरस्कार रू १५ हजार र कदर पत्र,द्वितीय पुरस्कार रू १० हजार र कदर पत्र र तृतीय पुरस्कार रू ५ हजार साथै कदर पत्रले सम्मान गरेको थियोे । अन्य सहभागी भएका बिधालयहरूलाई समेत कदर पत्रले सम्मान गरिएको हो । १६०औं सेना दिवस फाल्गुन १ र २ गते नेपाली सेनाले विगतमा वृक्षारोपण गरेका ठाउँमा संरक्षण गर्ने ,फाल्गुन ५ गते मेराथुन दौड उडितोला बाट टुडिखेल सम्म,फाल्गुन ६ गते नेपाली सेना दिवस काठमाडौंमा हुने कार्यक्रम भिडियो मार्फत दिपायल र सिलगढी बजारमा प्रदर्शन गर्ने कार्यक्रम रहेको जानकारी गराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *