१० वर्षदेखि फरार सुचीमा थिए सांसद चौधरी, प्रहरीले अदालतको जिम्मा लगायो

पाँजलो न्युज
२० माघ २०७९ ६:२८
१० वर्षदेखि फरार सुचीमा थिए सांसद चौधरी, प्रहरीले अदालतको जिम्मा लगायो

डोटी-१० वर्षदेखि अदालतको फरार सूचिमा रहेका कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अरुणकुमार चौधरी बिहीबार लुम्बिनी प्रदेश बाँके जिल्लाको बैजनाथपुरबाट पक्राउ परे। ट्याक्टरमा आगजनी गरेको कसुरमा जिल्ला अदालत कैलालीबाट ६ महिना कैद सजाय भुक्तान नगरेका सांसद चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

सांसद चौधरीलाई पक्राउ गरेकोमा नागरिक उन्मुक्ति पार्टीले भने विज्ञप्ति नै जारी गरेर विरोध जनाएको छ भने कैलाली क्षेत्र नम्बर २ मा पक्राउको विरोधमा प्रदर्शन भएको छ। २०७० बैशाख ९ गते कैलाली जिल्ला अदालतले सांसद अरुणकुमार चौधरीसहित परशुराम चौधरी र बिरबहादुर चौधरी गरी तीन जनालाई ६ महिना कैद सजाय सुनाएको थियो।

अरुण चौधरी २०७४ सालमा आगजनी भएको ट्याक्टरका संचालक महादेव बजगाईँसँगै लम्की–चुहा नगरपालिको मेयर पदमा निर्वाचन लडेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *