नेपालको कान्छी शहर’ का रूपमा चिनिने सिलगढी बजार अहिले सुनसान

कृष्ण मलासी
९ माघ २०७९ ३:०५
नेपालको कान्छी शहर’ का रूपमा चिनिने सिलगढी बजार अहिले सुनसान

दिपायल । सिलगढी बजार पछिल्लो समय तीब्र बसाइँसराइ का कारण सुन्सान बन्दै गएको छ। नेपालको कान्छी शहरको रुपले चिनिने सिलगढी बजारमा व्यापार व्यवसाय खस्किए पछि स्थानीयले धमाधम बसाइँसराइ गर्ने क्रम बढेको छ। ब्यापारिक तथा प्रशासनिय काम काजका लागि सुदुर र कर्णालीप्रदेशका बासिन्दाहरुको आवतजावतले भरिभराउ रहने डोटीको सिलगढी बजार आजभोलि सुनसान बनेको छ। काठमाण्डोेै झै नेवार समुदायले चलाएको ब्यापार ब्याबसायका कारण सिलगढी बजार ‘नेपालको कान्छी शहर’ का रूपमा चिनिने गर्थ्यो । तर आजभोलि मानिसहरुको बसाइँसराइ बढ्दा अधिकांस घरहरु बाझा छन भने कतिपयका घरका ढोकामा ताला झुन्डाइएको छ। नेवार समुदायका चिटिक्क मिलेका घरहरू  बुढापाका मात्रै भेटिने गर्दछ्न ।स्थानीयहरु भन्छन् : राजनीतिक दलहरूले गर्दा सुदुर पश्चिम प्रदेशको राजधानी दिपायल हुनुपर्ने ठाउँमा धनगढी लगेको कारण डोटी लगायत विशेष गरि डोटीको सिलगढी बजार सुकेको बताउछन्। उक्त जिल्लामा रोजगार र व्यावसायि नहुदा बसाइँसराइ को क्रम बढेको स्थानीयको भनाइ छ । विभिन्न कारणले अहिलेको सिलगढिको यो अबस्था देख्दा बाहिरबाट आउने मानिसहरु अचम्म पर्दछ्न।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *