दिपायल ,डोटी जिल्लामा माघी पर्व नजिकिएसँगै यहाँका बजारमा तरुल, पिडालु सखरखण्ड लगायत माछा, मासु र अन्य फलफुल तथा भान्सामा प्रयोग हुने विभिन्न किसिमका सरसामान किन्नेको भिड बढेको हो ।
यहाँका प्रमुख व्यापारी केन्द्र पिपल्ला, दिपायल, राजपुर, सिलगढी तथा अन्य बजार बुडर, गैरा, विपीनगरमा जङ्लमा पाइने तरुल किन्नेको निकै भीड लाग्न थालेको छ। माघी पर्वका लागि भन्दै जिल्ला बाहिर गएका पनि घर फर्किन थालेपछि यहाँ चहलपहल बढ्दै गएको हो।माघ १ गते माघी पर्वको दिन विहानै नदी, तलाउ,धारामा नुहाउने र तरुल, पिडालु, सखरखण्ड,चाकु,तिलको मिठाइ लगायतका अन्य फलफूलहरु खाएर मान्यजनबाट आशिर्वाद लिने गरिन्छ। पर्वकै दिन छोरीबेटीलाई उपहार दिन नभ्याएमा माघ महिनाभर दिन सकिने स्थानियको भनाई छ। जिल्लामा अहिले जङ्गली तरुलको मूल्य ठाउँअनुसार प्रतिकिलो रु ६०देखि रु ८०सम्म पर्ने गरेको छ ।
माघ १ गते जङ्गली तरुल खानुपर्छ भन्ने धार्मिक मान्यताले तरुलको मूल्य पनि एकाएक वृद्धि भएको ब्यापारीको भनाइ छ। माघि पर्व थारु समुदायका लागि एक महत्वपुर्ण पर्व पनि हो ।
प्रतिक्रिया