कैलालीमा अबैध २०० किलो माछा नष्ट

पाँजलो न्युज
३० पुष २०७९ १३:०७
कैलालीमा अबैध २०० किलो माछा नष्ट

दिपायल- कैलालीमा अबैध माछा नष्ट गरिएका छन्। जिल्ला प्रहरी कार्यालय कैलाली अन्तरगत प्रहरीचौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मिलन चोकबाट अबैध माछा बरामद गरी नष्ट गरिएका हुन्।

प्रहरीटोलीले भारतबाट चोरी निकासी गरी ल्याइएको अबैध माछाको भुरा ५० के जि र ठुलो माछा १५० के जि गरी २०० के जि माछा बरामद गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बरामद गरीएका माछा पशु क्वारेनटिनका प्रतिनिधि, माछा मासु व्यवसायी संघ, भन्सार कार्यालयका कर्मचारी, पत्रकार र स्थानिय जनप्रतिनिधीको रोहबरमा उक्त माछाहरु नष्ट गरिएको जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *