हिमशिखर सहकारीले गर्‍यो उत्कृष्ट बचतकर्ता र ॠणीलाई सम्मान

पाँजलो न्युज
२९ पुष २०७९ १४:५७
हिमशिखर सहकारीले गर्‍यो उत्कृष्ट बचतकर्ता र ॠणीलाई सम्मान

डोटी । हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड , दिपायलले उत्कृष्ट बचतकर्ता र ॠणीलाई सम्मान गरेको छ । शुक्रबार आयोजीत १४ औं बार्षिक साधारण सभाको अवसरमा २० जनालाई सम्मान गरिएको सहकारी संस्थाका अध्यक्ष धन बहादुर शाहीले बताए ।
सम्मानीत हुनेमा संस्थागत बचतकर्ताका रुपमा सुजङ्ग अस्पताल तथा व्यक्तिगततर्फ पिपल्लाका लाल बहादुर कठायत, नैन सिं बुडाल , दिपायलका कैलाश नाथ, जानकी ओली, कुन्ती माझि, हिरा माझि, इश्वरा पार्की, सिलगढीका महेन्द्र प्रसाद जोशी, दिपेन्द्र कुमार श्रेष्ठ, राजेन्द्र सिंह, निर्मला महत, राजपुरका दिपेन्द्र शाही रहेका छन् । त्यस्तै असल क्रृणीका रुपमा पिपल्लाका खेमराज भण्डारी, प्रेम बहादुर विष्ट, धन बहादुर रोकाया, राजपुरका लाल बहादुर कठायत, शेर बहादुर कार्की तथा सिलगढीकी पुनित रावत सम्मानीत भएका छन् ।


संस्थाका अध्यक्ष धन बहादुर शाहीको अध्यक्षतामा सम्पन्न साधारण सभामा विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने संघसंस्थालाई समेत सम्मानीत गरिएको थियो । दिपायल सिलगढी नगरपालिका, वडा नं. १ देखि ६ नं. का वडा कार्यालयहरु, नेपाल पत्रकार महासंघ डोटी शाखा, डोटी उद्योग बाणिज्य संघ लगायतलाई समेत सम्मान गरिएको थियो । दिपायल सिलगढी नगरपालिकाका उपप्रमुख कलावती साउँदको प्रमुख आतिथ्यमामा साधारण सभा सम्पन्न भएको थियो ।
उक्त कार्यक्रम मा सहकारी संस्थाका कोषाध्यक्ष खडक बिक्रम शाही ले संस्थको आ ब २०७८/०७९ को प्रगति प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समिति संयोजक शकर बहादुर कठायत ले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सहकारी संस्थाको लगानी पाँच करोड १० लाख ८४ हजार ८ सय ७७ रहेको कोषाध्यक्ष खडक विक्रम शाहीले बताएका छन् । पाँच सय ६७ जना सेयर सदस्य रहेको सहकारीको सेयर पुँजी रकम एक करोड ५१ लाख ९३ हजार पाँच सय ५० र बचत चार करोड ६२ लाख ८ हजार ४ सय ५६ रुपैयाँ रहेको छ । जगेडा कोष तर्फ भने २४ लाख ६७ हजार ४ सय २४ रहेको छ ।
कार्यक्रम सञ्चालन संस्थाका सचिव भरत कठायत ले गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *