
डोटी । नेपाली सेनाले विभिन्न कार्यालय संगकाे सम्न्वयमा एक दिने एकिकृत शिविर संचालन गरेकाे छ । सोमबार शिखर नगरपालिकाको वडा न. ११ बारबाटामा एक दिने शिविर भैरब प्रसाद गण सिलगढीको आयोजनामा संचालन भएकाे थियाे । सो शिविरमा स्वास्थ्य सम्बन्धी चेकजाँच तथा अाैषधी उपलब्ध गराउनुका साथै कृषि सम्बन्धि बीउ तथा बाेटबिरुवा समेत सर्वसाधारणालाइ वितरण गरिएको थियोे । उक्त शिविर सैनिक श्रीमती संघ, श्री नं ५ फिल्ड एम्बुलेन्स गुल्म,जिल्ला अस्पताल डोटी,जिल्ला स्वास्थ्य कार्यालय,जिल्ला डिभिजन वन कार्यालय,कृषि ज्ञान केन्द्र,परिवार नियोजन शाखा डोटी, जिल्ला स्थित भू. पू सैनिक संघका अध्यक्ष तथा फोकल व्याक्तिहरूसँगको समन्वयमा आयोजना गरिएको भैरब प्रसाद गण सिलगढीका गणपति प्रमुख सेनानी जनमत कार्कीले बताउनुभयो । उनले सैनिक नागरिकहरूबीचको सम्बन्धलाई प्रगाढ बनाउन टेवा पुर्याउने हेतुले शिविर संचालन गरिएकाे वताए । । शिविरमा भैरब प्रसाद गणबाट स्थानीय कला,संस्कृति झल्काउने छलिया,नृत्य र जनचेतनामूलक नाटक पनि प्रस्तुत गरिएको थियोे । उहाँले स्वास्थ्य शिविरले जिल्ला अस्पतालमा आएर उपचार गराउनुपर्ने बाध्यतालाई सहज पुर्याउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताउनु भयाे । स्वास्थ्य शिविरमा उपचार रूघाखोकी,ज्वरो,पेटको अल्सर,हातखुट्टा तथा जोर्नी,बल्ड प्रेसर,सुगर र महिलाहरूको प्रजनन स्वास्थ्य सम्बन्धि रोगहरूबारे समेत चेकजाँच गरि नि: शुल्करूपमा औं षधी वितरण गरिएको थियाे ।
। स्वास्थ्य शिविरबाट पुरूष ७८ जना महिला १४७ जना तथा बालबालिका १७ जना गरि २४२ जनाले नि: शुल्क स्वास्थ्य सेवा पाएका छन् । त्यसैगरी सोही ठाउँमा तरकारीको बीउ र फलफूलका बोटविरूवा समेत सैनिक श्रीमती संघ नं ५ बाहिनी अड्डाका सल्लाहकार कृष्णा शाहले वितरण गर्नु भएको थियोे ।
। उक्त शिविरमा श्री नं ५ बाहानी अड्डाका बाहिनीपति सहायक रथी दिपेश जंग शाह,श्रीमती संघ बाहिनीका सल्लाहकार कृष्णा शाह,भैरव गणका गणपति जनमत कार्की,शिखर नगरपालिकाका प्रतिनिधि, शिखर वडा नम्बर ११ का वडा अध्यक्ष, डिभिजन वनका प्रतिनिधि, परिवार नियोजन शाखाका प्रतिनिधि पत्रकार र स्थानीय गरि ५१० जनाको उपस्थिति रहेको थियाे ।
प्रतिक्रिया