डोटी, डाेटिकाे सायल गाउँ पालिकामा रहेको लगनशील महिला सानाकिसान सहकारी संस्था को १० औं साधारणसभा सम्पन्न भएकाे छ।
२०६९ साउन महिनाको १४ गते स्थापना गरिएको लगनशील महिला सानाकिसान सहकारी संस्था मा सृजना डुम्रेल अध्यक्ष रहेकी थिइन ।२०६९सालमा २९ जना महिला हरुको समुह राखेर उक्त संस्था स्थापना गरिएको अध्यक्ष सृजना डुम्रेलले बताइन। आर्थिक अवस्था कम्जोर भएका महिलाहरु लाई केहि सहुलियत ब्याजदरमा ऋण दिन र महिलाहरु लाई विभिन्न किसिमका सिपमुलक तालिम दिएर क्षमताको बिकास गर्न उक्त संस्थाको स्थापना गरिएको हो। उक्त संस्था मा अहिले एक हजार महिला सदस्य रहेकाछन् र सायल गाउँ पालिका भित्र ३५ वटा समूह गठन गरि ती समुह लाई सकृय बनाउन सफल भएका सभाध्यक्ष रहेकी सृजना डुम्रेलले बताइन। उक्त सहकारी संस्थाले विभिन्न सामाजिक काममा अग्रसरता देखाउन थालेको छ। उक्त सहकारी संस्थाले विभिन्न टाेलमा खानेपानी योजना, विभिन्न गाउँ टाेलमा बाख्रा तथा भैंसी वितरण ,पाेलि हाउस निर्माणकार्य गरेको छ। उक्त सहकारि संस्थाले सायल गाउँ पालिका र RVWRMP काे सहयोग मा आफ्नै भवन बनाउन पनि सफल भएको छ।प्रमुख अतिथि रहेका सायल गाउँ पालिका अध्यक्ष धर्म राज जाेशि बोल्दै गर्दा लगनशील सहकारी संस्थाले महिलाहरुको लागि धेरै राम्रो काम गरेको भन्दै आगामी दिनमा झन् राम्रो प्रगति गर्न सफल हाेस भन्दै शुभकामना दिनुका साथै गाउँ पालिकाकाे तर्फबाट पुर्ण रूपमा सहयोग गर्ने बताउनु भएको छ।
उक्त कार्यक्रममा सभाध्यक्ष सृजना डुम्रेल रहनु भएको थियो भने सायल गाउँ पालिका अध्यक्ष धर्म राज जाेशि प्रमुख अतिथि रहनु भएको थियो तेसैगरी सायल गाउँ पालिका उपाध्यक्ष निर्मला ओलि विशिष्ट अतिथि रहनु भएको थियो र सायल वडा न:-५ का अध्यक्ष बहादुर साउद अतिथि रहनु भएको थियो र सयौं महिलाहरुको सहभागी रहेको थियो ।
प्रतिक्रिया