डोटी,दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ मा रहेको क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायल को हाताभित्र बनेको सुदुर पश्चिम प्रदेश प्रहरी अस्पताल सर्पदंशक उपचार शाखाको नव-निर्मित भवन नगर प्रमुख बाजी सिंह खड्का (बिजयी)ले उद्घाटन गर्नुभएको छ । सामाजिक बिकास मन्त्रालय कैलालीको आर्थिक सहयोगमा निर्माण गरिएको सर्पदंशक उपचार शाखा नव-निर्मित भवनको शुक्रवार एक औपचारिक कार्यक्रम का बिच नगर प्रमुख बाजी सिंह खड्का (बिजयी)ले उद्घाटन गर्नुभएको हो । प्रहरी कर्मचारी तथा जिल्ला का सर्वसाधारण जनताहरुलाइ सर्पदंशक उपचार सेवा नि-शुल्क प्रदान गर्ने उदेश्यले उक्त भवन निर्माण गरिएको सु.प.प्र प्रहरी अस्पतालका प्रमुख डा.सबिता सिंह ले बताउनुभयो । प्रमुख अतिथि रहेका नगर प्रमुख बाजी सिंह खड्का (बिजयी)ले बोल्दै गर्दा थप उपचार केन्द्र थपिएको मा र नगर ले थप अझै सेवा नि-शुल्क लिन पाउने भएको मा आफु निकै खुशी भएको बताए । आगामी दिनहरुमा स्वच्छ र सहज रुपमा सहयात्रा गर्ने र नगरले गर्नुपर्ने सहयोगमा नगर पालिका सधै हातेमालो गर्ने समेत बताएका छन ।
सुदुर पश्चिम प्रदेश प्रहरी अस्पताल सर्पदंशक उपचार शाखाको नव-निर्मित भवनउद्घाटन कार्यक्रममा सभाअध्यक्ष सु.प.प्र प्रहरी अस्पतालका प्रमुख डा.सबिता सिंह, प्रमुख अतिथि दिपायल सिलगढी नगरपालिका नगर प्रमुख बाजी सिंह खड्का (बिजयी) बिशिस्ट अतिथि दिपायल सिलगढी नगरपालिका उप प्रमुख कलावती महर (साउद)बिशिस्ट अतिथि दि.सि.न.पा का नि.प्र.अधिकृत संकर सुचिकार,बिशिस्ट अतिथिदि.सि.न.पा का स्वास्थ्य शाखा प्रमुख तेज ब. खड्का,बिशिस्ट अतिथि, दि.सि.न.पा का वडा न:-२ का वडा अध्यक्ष राजेन्द्र खड्का, दि.सि.न.पा का वडा न:-४ का वडा अध्यक्ष अशोक सोप, दि.सि.न.पा का वडा न:-५ का वडा अध्यक्ष गणेश भण्डारी तेसैगरी अतिथि सु.प.प्र.प्रहरी अस्पतालका प्र.नि खडक ब. भुत्याल, दि.सि.न.पा का नगर प्रमुख का स्वकीय सचीव नरेश खड्का,विभिन्न वडा का स्वास्थ्यचौकी प्रमुखहरु र प्रहरी अस्पतालका सम्पूर्ण कर्मचारीहर्को उपस्थिति रहेको थियो ।
प्रतिक्रिया