रबिलामिछने नागरिकता बनाउन प्रसासन जाने तयारिमा जुटे

पाँजलो न्युज
१५ माघ २०७९ ४:२२
रबिलामिछने नागरिकता बनाउन प्रसासन जाने तयारिमा जुटे

दिपायल-रवि लामिछानेले नागरिकता लिने तयारी गरेका छन्। उनले नेपाली नागरिकताको प्रमाणपत्र पुनःप्राप्तिका लागि आइतबार जिल्ला प्रशासन कार्यालय जाने भएका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौं स्रोतका अनुसार लामिछाने नागरिकता लिने प्रयोजनका लागि आइतबार कार्यालयमा आउने जानकारी आएको छ। लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया पूरा गरेका थिएनन्।

यसबारे मुद्दा परेपछि गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेको सांसद पद बदर गरिदिएको थियो। लामिछाने उपप्रधान मन्त्री तथा गृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, चितवन २ बाट निर्वाचित सांसद र रास्वपा संसदीय दल नेता थिए। यी सबै पदमा उनी अहिले छैनन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *