दिपायल- डोटीमा एक प्रहरी चोैकी क्यारमबोर्डको अखडा बन्दै गएको छ ।
समान्यतया बजारमा क्षेत्रमा क्यारम्बोर्ड खेल्न नदिने खेलेको पाईएमा उक्त व्यपारी कार्बाहि गरेको देखिन्छ ।
तर बजारमा खेलीरहेको क्यारम्बोर्डमा बिबाद आउन थाले पछि बडीकेदार गाउँपालिका २ खड्यौलिमा रहेको प्रहरी चौकी खड्यौलीमा उक्त क्यारमबोर्ड राखेको प्रहरी चौकी प्रमुख भास्कार पन्तले बताए । उनले भने म अहिले घर बिदामा छु, म तेता हुनेबेला सम्म कहिले पनि खेलेका थिएनौं आज भोली खेलेको भए मलाई थहा छैन ।
यस बारेमा निमित्त प्रमुख गगन सिंह धामीले भने हामीले टाईम्पासका लागी मात्रै खेलेका हुँ अन्यथा कहि पनि होईन ।
अहिले उक्त क्यारम्बोड प्रहरीले चौकीमै ल्यायर दिन भरी प्रहरी कर्मचारी र अन्य मिलेर खेलिरहेको एक स्थानियले धनगढीखबरलाई जानकारी दिए ।
नागरकिले खेल्न नपाउने प्रहरीले चौकिमा नै लगेर खेल्ने यो कस्तो नियम हो स्थानिय बताउछन , देश र जनताको सुरक्षामा खटिने प्रहरी यति बेला प्रहरी चौकी खड्यौलिमा क्यारम्बोड खेलेर दिन बिताईरहेको स्थानियको अरोप छ ।






प्रतिक्रिया