हाँस्यटेली सिरीयाल नसानाडीको छायांकन शुरु

पाँजलो न्युज
१२ माघ २०७९ १४:२१
हाँस्यटेली सिरीयाल नसानाडीको छायांकन शुरु

धनगढी। जनचेतना सन्चार समुहद्वारा सञ्चालीत हाँस्यटेली सिरीयल नसानाडीको छायांकन शुरु भएको छ ।
छायांकन कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. ९ मा रहेको राजघाटमा छायांकन गरेको शुरु गरेको संस्थाका अध्यक्ष बिजय राज जोशीले जानकारी दिएका छन् ।
आज एक कार्यक्रमका बिच सिरीयलको छायाँकनको शुरुवात गरिएको छ ।
उक्त सिरीयलले समाजमा भएका बिकृति, बेसंगती, सुदूरपश्चिमको भेषभुषा भाषा संस्कृतीलाई जोगेर्ना गर्ने, याहाँको रहनसन लगाएतका कुराहरुलाई ब्याङ्गयात्मक तरिकाले पर्दामा उतार्ने गरी काम गर्ने निर्माण पक्षले जानकारी दिएका छन् ।
सिरीयलको कथा÷पटकथा÷सम्बाद÷लेखन र निर्देशन निखिल आचार्य, दिर्घ शाही र विजय जोशीले गरेका छन्, भने सो सिरियलको छायांकन देबेन्द्र पाण्डेले गरेका हुन्। सिरियलको प्रसारण ’निउज नेपाल टेलिभिजन’ ले गर्ने भएको छ ।
उक्त सिरीयल आउँदो फागुन १५ गते सोमवार राती ८ बजे देखि प्रत्येक सोमवार सोही समयमा प्रशारण हुने संस्थाले बताएको छ ।
सिरीयलमा निखिल आचार्य, दिर्घ बहादुर शाही, सुदिप थापा,विजय राज जोशी, नरेश प्रसाद जोशी, मोहन पनेरु,सुरज चन्द,जमुना साउँद, सिता चौधरी, सृजना भट्ट लगाएत कलाकारहरुको अभिनय रहेको छ ।
सोको ओपनिङ गितमा स्वर संगीत÷संगीत संयोजन बसन्त साधकले गरेको हुन भने फिमेल आवा निसा दहितले दिएकी छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *